काठमाडौं । नेशनल माइक्रोफाइनान्सको शाखा कार्यालय टेडालेग्राहक सदस्यहरु वित्तीय साक्षरता र राहत वितरण गरेको छ । बिरगंज मनपा वडा नं. ३२ टेडास्थित नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाको शाखा कार्यालय टेडामा संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव र सभापति मानारी शक्तिविकास समुहको अध्यक्ष आशा दहाल, अतिथिहरुमा समाजसेवी अफताब आलम, लालबाबु यादव, रन्जना झा विभिन्न पार्टी प्रतिनिधी, बुद्धिजीवी,पत्राकारहरु, सुरक्षाकर्मीहरु र ग्राहक सदस्य तथा अभिभावकहरु गरि करीब ४५० जनाको उपस्थिती रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले संस्थाबाट प्रदान गर्ने सेवाहरु, संस्थाको प्रगती, भावी रणनीति,गोष्ठीको महत्व, समुहअध्यक्षको भुमिका जिम्मेवारी, कर्जा सदुपयोगिताको महत्व, बचतको महत्व, लघुविमाको महत्व, असल समुहका बिशेषताहरु, सम्बन्धमा सहभागीहरुलाई वित्तीय साक्षरताको बारेमा छलफल गरे ।
कार्यक्रमा प्रमुख अतिथि रामबहादुर यादवले उत्कृष्ट प्रथम द्धितीय, तृतीयको साथै सान्तवाना समुह अध्यक्षहरुलाई स सम्मान सहित पुरस्कार तथा प्रमाणपत्र समेत रहेको ८० जना पिडिड सदस्यहरुलाई जनहीचामल १ बोरा, चिउरा २ किलो, दाल १ किलो, चिनी १ किलो, नुन १ किलो, भुजा १ किलो, तेल १ लिटर, मशाला ३प्याकेट, झुल १ थान र तन्ना १ थान समाग्रीहरु वितरण गरिएको थियो ।
