काठमाडौं। चितवन मेडिकल कलेजले चितवनमै पहिलो पटक इन भिट्रो फर्टिलाइजेसन आइभिएफ अर्थात् टेस्ट टयुब बेबी गर्भाधान प्रक्रिया सुरु गरेको छ।
विश्वो स्वास्थ्य सेवाको अवसर पारेर मेडिकल कलेजले आइभिएफ प्रविधिबाट कृत्रिम गर्भाधान प्रक्रिया सुरु गरेको हो।
उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आईभिएफ सेन्टरको उद्घाटन गर्दै चितवन मेडिकल कलेजले सुरु गरेको यो पहल सर्वसाधरणको लागि लाभदायक हुने बताए।
३ करोडको लगानीमा बनेको यो सेन्टर भित्र छुट्टाछुट्टै ल्याब, अपरेसन कक्ष, विर्य संकलन, चेकजाँच, ड्रेस चेन्ज, परामर्श कक्ष तथा विश्राम कक्षहरुको व्यवस्था गरिएको छ।
अस्पताललले काठमाडौका अस्पतालले भन्दा सस्तोमा सेवा उपलब्ध गराउने जनाएको छ।
