काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन साताको पहिलो दिन आइतबार प्रतितोला ५९ हजार ८ सयले रुपैयाँले विक्री भईरहेको छ ।

शुक्रबारको तुलनामा तेजावी सुन प्रतितोला ३ सय बढेर ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार प्रतितोला ५९ हजार २ सयमा कारोबार भएको थियो । चाँदी भने लामो समयदेखि सोही मूल्य (७२५रुपैयाँ) कारोबार हुँदै आएको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।