चीनलाई बेच्ने उत्पादन खोज्दै सरकार, सरोकारवाला निकाय तथा निजी क्षेत्रसँग छलफल

<p>काठमाडौँ । सरकारले चीनमा बिक्री गर्न सकिने उत्पादनको खोजी सुरु गरेको छ । चीनसँगको पारबहन सम्झौता कार्यान्वयन सुरु हुनुअघि चीनमा निर्यात गर्ने उत्पादनको खोजी सुरु गरिएको हो । यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरोकारवाला निकाय तथा निजी क्षेत्रसँग छलफल सुरु गरेको छ । नेपाल–चीनबीचको पारबहन सम्झौताको प्रोटोकलअनुसार प्राप्त बजार पहुँच उपयोग गर्ने गरी चीनमा निर्यात गर्ने [&hellip;]</p>

काठमाडौँ । सरकारले चीनमा बिक्री गर्न सकिने उत्पादनको खोजी सुरु गरेको छ । चीनसँगको पारबहन सम्झौता कार्यान्वयन सुरु हुनुअघि चीनमा निर्यात गर्ने उत्पादनको खोजी सुरु गरिएको हो । यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरोकारवाला निकाय तथा निजी क्षेत्रसँग छलफल सुरु गरेको छ ।

नेपाल–चीनबीचको पारबहन सम्झौताको प्रोटोकलअनुसार प्राप्त बजार पहुँच उपयोग गर्ने गरी चीनमा निर्यात गर्ने उत्पादनको खोजी थालिएको मन्त्रालयका सचिव केदार अधिकारीले जानकारी दिए । ‘चीनले उपलब्ध गराएका बन्दरगाहबाट सामान ल्याउने मात्रै नभई बन्दरगाहसम्म नेपाली सामान बोकेका ट्रक पु¥याउने हाम्रो चाहना हो,’ उनले भने, ‘अहिल्यै पनि चीनसँगको व्यापार घाटामा छ, अब पारबहन सम्झौता कार्यान्वयनमा आएपछि घाटा न्यूनीकरण गर्न सक्नुपर्छ ।’

नेपाल र चीनबीच सन् २०१६ मा पारबहन सम्झौता भएको हो । त्यसको दुई वर्षपछि गत भदौमा सम्झौताको प्रोटोकलमा सहमति भएको थियो । पारबहन सम्झौताको प्रोटोकलमा भएको सहमतिलाई नेपाल सरकारले स्वीकृत गरिसकेको छ । चीनको राज्य परिषद्बाट भने स्वीकृत हुन बाँकी रहेको एक कुटनीतिक अधिकारीले जानकारी दिए । यद्यपी, बैशाख दोस्रो साताका लागि तय भएको राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा प्रोटोकल सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ । राष्ट्रपति भण्डारीको भ्रमणको अवसर पारेर प्रोटोकलमा हस्ताक्षर गर्न चीनीया पक्ष सरकारात्म रहेको छ । त्यसपछि पारबहन सम्झौता कार्यान्वयनमा आउनेछ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

 

Share News