
काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत नबिल ब्यालेन्स फण्ड–२ को १ अर्ब बढीको आईपीओ बैशाख ५ गतेदेखि सुरु हुने भएको छ । प्रतिकित्ता १० रुपैंया अंकित मूल्य भएको फण्डको १ अर्ब २ करोड रुपैंया बराबरको १० करोड २० लाख इकाईको आईपीओ जारी गर्न नबिलले आइतबार आह्वानपत्र प्रकाशन गरेको छ । उक्त इकाईको निष्कासन छिटोमा बैशाख ९ प्रतिशत र ढिलोमा जेठ ३ गते बन्द हुने जनाइएको छ ।
नबिल बैंक कोष प्रबन्धक र नबिल इन्भेष्टमेन्ट कोष व्यवस्थापक रहेको नबिल म्युुचुअल फण्डको यो तेस्रो म्युचुअल फण्ड हो । नबिल म्युचुअल फण्डकोे नबिल इक्विटी फण्ड क्रियाशील हाल अवस्थामा छ भने र नबिल व्यालेन्स फण्ड–१ भने गत चैत मसान्तमा परिपक्व भई लगानीकर्तालाई फिर्ता समेत गरिसकिएको छ । पहिलो फण्डको परिपक्वतापछि दोस्रो फण्ड सञ्चालनमा लयउन लागिएको हो जसका लागि नेपाल धितोपत्र बोर्डले गत मंगलबार अन्तिम स्वीकृति दिएको थियो ।
नबिल इन्भेष्टमेन्टले यो फण्डको सञ्चालनसँगै पहिलो वर्ष नै २१ प्रतिशत प्रतिफलको प्रक्षेपण गरेको छ । १० वर्ष अवधिको यो फण्डले उक्त अवधिमा कुल जम्मा १८९.४४ प्रतिशतसम्म प्रतिफल दिनसक्ने प्रक्षेपण समेत फण्डले गरेको छ ।
उक्त फण्डको आईपीओ सीआश्वा प्रणाली मार्फत् अरु शेयरका लागि दिइएको आवेदन जसरी नै आफ्नो बैंक तथा वित्तीय संस्थाको कुनै पनि कार्यालय वा मेरो शेयरका प्रयोगकर्ताले अनलाइनमार्फत् आवेदन दिन सक्ने जनाइएको छ ।
घट्दो बजारमा लगानी गर्लान् ?
मुख्यतः शेयर बजारमार्फत् नै पुँजी परिचालन गर्ने उद्देश्यले स्थापित यस्ता फण्डहरुले सूचीकृत कम्पनीहरुको शेयरमै लगानी गरि नाफा आर्जन गर्छन् । शेयर बजारको उचारचढावका कारण यी फण्डहरुको एनएभी र सँगसँगै मूल्यको उतारचढाव समेत देखिन्छ ।
हाल सञ्चालनमा रहेका १३ ओटा म्युचुअल फण्डका योजनाहरुमध्ये एनएमबि सुलभ फण्डको मूल्य १० रुपैंया ३१ पैसा हुनुबाहेक अरु सबै फण्डहरुको मूल्य १० रुपैंयाभन्दा कम छ । एनआईबिएल प्रगति फण्डको सबैभन्दा कम ७ रुपैंया १ पैसामै एक इकाई किन्न पाइन्छ भने नबिल म्युचुअल फण्ड अन्तर्गतकै एनएमबि इक्विटी फण्डको बजार मूल्य ८.०३ रुपैंया छ । यस्तो अवस्थामा एउटा विवेकशील लगानीकर्ताले १० रुपैंया तिरेर यो इकाई किन किन्ने भन्ने प्रश्न पनि उठ्न सक्छ ।
यद्यपि नबिल इक्विटी फण्डको पहिलो संस्करणमा लगानीकर्ताले राम्रो प्रतिफल पाइएको इतिहास भने नबिल इन्भेष्टमेन्टसँग छ । यस्तो अवस्थामा बजारमूल्यको पछि नलागी एउटा अनुभवी फण्डलाई आफ्नो स्रोतको लगानीको जिम्मा दिएर प्रतिफल आर्जन गर्ने विकल्प समेत एउटा लगानीकर्तासँग हुन्छ ।