उद्योग वाणिज्य संघ नुवाकोटमा काङ्ग्रेस र नेकपाबीच लडाई, ताराबहादुर कार्की र रमेश श्रेष्ठ भिड्दै

<p>विदुर/आजदेखि सुरु भएको नुवाकोट उद्योग वाणिज्य सङ्घको निर्वाचनमा राजनीतिक दलहरूकै चलखेल तीव्र भइरहेको छ । शत्तामा रहेको नेकपा र प्रतिपक्ष नेपाली काङ्ग्रेसले व्यावसायीको निर्वाचनमा अस्तित्वको लडाई लडिरहेका छन् । ०६९ सालपछि नेतृत्व गर्नेले सङ्घको गरिमालाई घटाउँदै दलहरूको पोल्टामा सङ्घलाई लगेर बुझाइदियो । अहिले सङ्घ व्यावसायिक एजेण्डाविहीन राजननीतिक दलको छायाँमा देखिन्छ । सङ्घका हरेक गतिविधि जिल्लाको [&hellip;]</p>

विदुर/आजदेखि सुरु भएको नुवाकोट उद्योग वाणिज्य सङ्घको निर्वाचनमा राजनीतिक दलहरूकै चलखेल तीव्र भइरहेको छ । शत्तामा रहेको नेकपा र प्रतिपक्ष नेपाली काङ्ग्रेसले व्यावसायीको निर्वाचनमा अस्तित्वको लडाई लडिरहेका छन् ।

०६९ सालपछि नेतृत्व गर्नेले सङ्घको गरिमालाई घटाउँदै दलहरूको पोल्टामा सङ्घलाई लगेर बुझाइदियो । अहिले सङ्घ व्यावसायिक एजेण्डाविहीन राजननीतिक दलको छायाँमा देखिन्छ । सङ्घका हरेक गतिविधि जिल्लाको उद्योगी–व्यवसायी हितमा भन्दा पनि राजनीतिक दलको फाइदा–बेफाइदामा गएर टुङ्गिरहेको छ ।

यस पटकको अधिवेशनमा सङ्घको नेतृत्व सर्वसम्मत गर्न वर्तमान कार्यसमितिले लिखित निर्णय गरी दुई पेजको नेपाली कागजमा आगामी कार्यसमितिको खाका कोरे पनि जिम्मेवार व्यक्तिहरूले तदारुकता नदेखाउँदा कार्यान्वयन हुन सकेन ।

आखिर निर्वाचन हुने नै भयो । फेरि पनि व्यवसायी दलको नाममा विभाजित भएका छन् । एकपटक फेरि नुवाकोटका उद्योगी–व्यवसायीले हारेका छन् । दलको इसारामा नुवाकोट उद्योग वाणिज्य सङ्घको निर्वाचनको लागि टिम बनेको छ । नेकपा र नेपाली काङ्ग्रेस समर्थित व्यवसायीबीच चुनावी प्रतिस्पर्धा भइरहेको छ ।

सङ्घको निर्वाचन प्रयोजनका लागि नेकपा पार्टीको समर्थनमा रमेश श्रेष्ठ र नेपाली काङ्ग्रेसको समर्थनमा ताराबहादुर कार्कीको प्यालन चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

व्यावसायिक संस्थामा राजनीतिक दलको आधारमा प्रतिस्पर्धा हुँदा सकारात्मक सन्देश नदिने भन्दै सहमतिका आधारमा नेतृत्व चयनको आम व्यवसायीको प्रयास सफल नभएपछि प्रतिस्पर्धाबाट पदाधिकारी छनोट हुन लागेको छ । अध्यक्षसहित सम्पूर्ण पदमा सत्तानिकट नेकपाबाट युवा व्यवसायी रमेश श्रेष्ठको प्यानल र काङ्ग्रेसले अनुभवी सङ्घका वर्तमान अध्यक्ष ताराबहादुर कार्कीको प्यानल तयार गरी मैदानमा उतारेको छ ।

सङ्घको दशौँ अधिवेशनले नुवाकोट उद्योग वाणिज्य सङ्घमा ८ पदाधिकारीसहित २२ सदस्यीयकार्य समितिको चयन निर्वाचनद्वारा गर्नेछ ।

वरिष्ठ उपाध्यक्षमा कार्की प्यानलबाट अहिलेका कोषाध्यक्ष गीता अमात्य र श्रेष्ठ प्यानलबाट सङ्घका पूर्वसचिव एवम् युवा इन्जिनियर रामकृष्ण राजभण्डारीबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै, प्रथम उपाध्यक्षमा कार्की प्यानलबाट सङ्घका वर्तमान उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र श्रेष्ठ प्यानलबाट सङ्घका वर्तमान कार्यसमितिका सदस्य उसनमान श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ । द्वितीय उपाध्यक्षमा कार्की प्यानलबाट वर्तमान कार्यसमितिका प्रवक्ता सन्तोष उप्रेती र श्रेष्ठ प्यानलबाट वर्तमान कार्यसमितिका सदस्य लिडर श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुनेछ ।

त्यसैगरी श्रेष्ठ प्यानलबाट महासचिवमा वर्तमान कार्यसमितिका महासचिव दीपक कायस्थ र कार्की प्यानलबाट सङ्घका पूर्वसचिव कृष्ण अधिकारीबीचमा प्रतिस्पर्धा हुनेछ । यस्तै, सचिवमा कार्की प्यानलका वर्तमान कार्यसमितिका सदस्य उपेन्द्र बुढाथोकी र श्रेष्ठ प्यानलबाट वर्तमान कार्यसमितिका सदस्य राजु बोगटीबीच कडा प्रतिस्पर्धा हुनेछ ।

सङ्घको अर्को महत्वपूर्ण पद कोषाध्यक्षमा कार्कीको टिमबाट सङ्घका वर्तमान कार्यसमितिका सदस्य दिनेश श्रेष्ठ र श्रेष्ठको टिमबाट राजाराम अधिकारीबीच प्रतिस्पर्धा हुनेछ । प्रवक्तामा कार्की टिमबाट सङ्घका वर्तमान कार्यसमितिका सदस्य सविनराज भण्डारी र श्रेष्ठ प्यानलबाट सङ्घका पूर्वकोषाध्यक्ष श्यामसुन्दर श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ ।

तीन महिला सदस्य पदमा श्रेष्ठ प्यानलको लक्ष्मीकुमारी प्रधान, विष्णुमाया डङ्गोल र शर्मिला अर्यालले र कार्की प्यानलको लिस्ना प्रधान श्रेष्ठ, ज्ञानुमाया गिरी र अञ्जली राजभण्डारीबीच प्रतिस्पर्धा हुँदै छ । त्यसैगरी दुई वस्तुगत सदस्यको लागि श्रेष्ठ प्यानलबाट बुद्धिसागर रिजाल र प्रकाश भण्डारीको कार्की प्यानलका ध्रुवकुमार रावल र उत्तम ढकालसँग प्रतिस्पर्धा हुनेछ ।

नौजना खुला सदस्य पदका लागि श्रेष्ठ प्यानलबाट पवन नेपाल, सञ्जीव थपलिया, रामधन ढकाल, दीपक तिमल्सिना, नारायण पौडेल, ईश्वर पौडेल, सेल्बोन तामाङ, श्यामकुमार कुँवर र विनयप्रसाद लामिछानेले कार्की प्यानलका विष्णु प्याकुरेल, उद्धवराज पन्थ, निरोजकुमार खड्गी, सरोज श्रेष्ठ, सुमन भण्डारी, मधुसुदन थपलिया, गगन लामा, सुजित जोशी र मेघनाथ घिमिरेसँग प्रतिस्पर्धा हुँदै छ । सङ्घको १६औँ वार्षिक साधारणसभा तथा दशौँ अधिवेशनको उद्घाटन भोलि शुक्रबार नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष भवानी राणाले गर्ने जानकारी सङ्घले दिएको छ ।

Share News