
काठमाडौँ । कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनामा अध्यक्षका अर्का उम्मेदवार सुनिलकुमार पोखरेललाई पराजित गर्दै श्रेष्ठ निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए ।
श्रेष्ठ प्रगतिशील, पेशागत तथा समावेशी समूह र पोखरेल वृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार बनेका थिए । यही चैत १९ गतेदेखि भएको मतगणना आज सकिएको हो । काठमाडौँ जिल्ला बार र उच्च अदालत बार एशोसिशनको मतगणना भएको थियो ।
मत परिणाम अनुसार श्रेष्ठले ४०२२ मत प्राप्त गर्दै विजयी भए भने पोखरेल ३८७३ मत सहित पराजीत भए । मत परिणाम अनुसार महासचिवमा पोखरेल प्यानलबाट विजयी भए भने बाँकी अधिकांश पदमा श्रेष्ठ समूहका उम्मेदवार निर्वाचित भएका छन् ।
त्यसैगरी उपाध्यक्षहरूमा प्रदेश १ मानबहादुर रुम्दाली, प्रदेश २ रामचन्द्र सिंह, प्रदेश ३ ईश्वरीप्रसाद भट्टराई, गण्डकी प्रदेशः सुरेन्द्र थापा मगर, प्रदेश ५ सुनिलकुमार श्रेष्ठ, कर्णाली प्रदेश मिनबहादुर महत र सुदूरपश्चिम प्रदेशः उमेशप्रसाद बिष्ट निर्वाचित भएका छन् । खुला क्षेत्रतर्फ रक्षा बस्याल र महासचिवमा महासचिव लिलामणि पौडेल वियजी हुँदा कोषाध्यक्षमा कोषाध्यक्ष रुद्रप्रसाद पोख्रेल विजयी भएका छन् ।
सदस्य (दलित): मोहन साशंकर
सदस्य(मधेशी/मुश्लीम) उपत्यका वाहिर: पंचनारायण मण्डल
सदस्य(मधेशी/मुश्लीम) खुल्ला:मनोज चौधरी
सदस्य(आदिवासी/ जनजाती) उपत्यका बाहिर: विना कुमारी सिंह (चौंधरी)
सदस्य(आदिवासी÷जनजाती) खुला: बद्री नारायण नगरकोटी
सदस्य महिला उपत्यका बाहिर: कल्पना कुमारी भण्डारी
सदस्य महिला खुला : अन्जु कायस्थ
सदस्य खुला उपत्यका बाहिर: डा. शिवराज पण्डित
खुलातर्फ सदस्य
गंगा सागर खत्री
भिमसेन वन्जारा
भुवन प्रसाद निरौला
प्रकाश महर्जन
बाल कृष्ण गैरे
खिमानन्द अधिकारी