काठमाडौं । ग्लोबल आइएमई बैंकले बारा जिल्लाका हावाहुरीबाट पीडितहरुलाई राहत वितरण गरेको छ ।
उक्त हावाहुरीबाट पीडित ५० घरपरिवारलाई भाँडाकुँडा, थाल–कचौरा, झुल, लगायतका सामाग्री वितरण गरेको हो ।
हावाहुरी र असिना पानीबाट घरबार विहिन भएकाहरुको जीबनयापनमा सहज होस भन्ने उद्धेश्यले बैंकले सो सामाग्रीहरु उपलब्ध गराएकोे हो ।
ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु; बाढी, पहिरो, भुकम्प लगायतका विपतको समयमा सहयोग गर्दै आएको छ । भने जनचेतना मूलक कार्यक्रमहरुका साथै सामाजिक कार्यहरुमा पनि सदैव सक्रिय रहँदै आएको छ ।