एशियन लाईफको बाह्रौ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

<p>काठमाडौं ।  एशियन लाईफ इन्स्योरेन्सको बाह्रौ वार्षिकोत्सवमा अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा लायन्स क्लब अफ काठमाडौं चाबहिल सिटीको सहकार्यमा सम्पन्न खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त रक्तदान कार्यक्रममा कम्पनीको कर्मचारीसहित ८६ जनाले रक्तदान गरेका छन् । सोही अवसरमा ग्यालेक्सी इम्पेक्स क्षेत्रपाटीको सहयोगमा ११० जनाको निःशुल्क मधुमेह [&hellip;]</p>

काठमाडौं ।  एशियन लाईफ इन्स्योरेन्सको बाह्रौ वार्षिकोत्सवमा अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा लायन्स क्लब अफ काठमाडौं चाबहिल सिटीको सहकार्यमा सम्पन्न खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

उक्त रक्तदान कार्यक्रममा कम्पनीको कर्मचारीसहित ८६ जनाले रक्तदान गरेका छन् । सोही अवसरमा ग्यालेक्सी इम्पेक्स क्षेत्रपाटीको सहयोगमा ११० जनाको निःशुल्क मधुमेह परिक्षण समेत गरिएको छ । साथै कम्पनीको देशैभरको शाखा कार्यालयहरुमा समेत आयोजना गरिएको रक्तदान कार्यक्रममा ५ सय २४ जनाले रक्तदान गरेका छन् ।

वार्षिकोत्सवकै अवसरमा २०७५ चैत्र २० गते सफलता एचआइभी शिक्षा सदन(बेबी लाईफ होम) किर्तिपुरमा अध्ययनरत एचआइभी संक्रमित बालबालिकालाई खाद्यान्न, फलफूल तथा मिठाई वितरण गरिएको थियो ।

Share News