३० दिनको कोर्ष ४ दिनमा सिद्दाएको भन्दै रामपुरका विद्यार्थीले दले प्राध्यापकलाई कालोमोसो

<p>काठमाडौं। रामपुर कृषि तथा वन विज्ञान विश्वोविद्यालय कृषि संकायका डिन तथा प्रध्यापक बिष्णुराज ओझालाई विद्यार्थीले कालोमोसो र जुत्ताको माला लगाईदिएका छन्। ३० दिनमा सकाउनुपर्ने कोर्ष ४ दिनमा हचुवाको भरमा पढाएर सिद्दाएको भन्दै विद्यार्थीले यस्तो गरेका हुन्। ओझाले छैटौ सेमेस्टरको ३० दिने कोर्स तीन वटा सेक्सनलाई एकैठाउँमा राखेर २-२ घण्टाको दरले ८ लेक्चरमा सिद्दाएको थिए। ओझाले विद्यार्थीहरुलाई [&hellip;]</p>

काठमाडौं। रामपुर कृषि तथा वन विज्ञान विश्वोविद्यालय कृषि संकायका डिन तथा प्रध्यापक बिष्णुराज ओझालाई विद्यार्थीले कालोमोसो र जुत्ताको माला लगाईदिएका छन्। ३० दिनमा सकाउनुपर्ने कोर्ष ४ दिनमा हचुवाको भरमा पढाएर सिद्दाएको भन्दै विद्यार्थीले यस्तो गरेका हुन्।

ओझाले छैटौ सेमेस्टरको ३० दिने कोर्स तीन वटा सेक्सनलाई एकैठाउँमा राखेर २-२ घण्टाको दरले ८ लेक्चरमा सिद्दाएको थिए। ओझाले विद्यार्थीहरुलाई तिमीहरुको भविष्य हाम्रो हातमा छ भन्ने धम्की दिनेगरेको र परिक्षाको प्र्याक्टिकल मार्क्समा पनि राम्रा विद्यार्थीहरुलाई पनि कम नम्बर दिएर दु:ख दिने गरेको विद्यार्थीहरुले बताए।

प्रशासनलाई ओझाको यस्तो प्रव्रितीबारे बारम्बार जानकारी गराउँदा पनि प्रशासनले ध्यान नदिएकोले विद्यार्थी आँफैले कारवाही गर्नुपरेको एक विद्यार्थो नेताले बताए। घटना भएसँगै कलेज अनिस्चितकालिन समयको लागि बन्द भएको छ।

Share News