काठमाडौं । एनआईसी एशिया बैंकले बाराका हुरीबतास पीडितलाई सहयोग प्रदान गरेको छ । बैंकले साथफेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलिया लगायतका गाँउमा ३ सय थान झुल, १ सय ५० थान म्याट्रेस, लगायत खाद्यान्न तथा अत्यावश्यक सामग्री प्रदान गरेको छ । सोही गाँउपालिका अध्यक्ष अमिरी लालप्रसादलाई बैंक सञ्चालक समितिका सदस्य विनोदकुमार प्याकुरेलले सो सामाग्री हस्तान्तरण गरेको हो ।

सो अवसरमा संचालक प्याकुरेलले पीडितलाई केही मात्रामा सहयोग पुग्ने विश्वास जनाउँदै सामग्री हस्तान्तरण गर्दै बारा जिल्ला फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलिया लगायत गाउँका रहेको थिए । मुलुकभर बैंकका २८१ शाखाकार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्ने सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
करिब १५लाख ग्राहक महानु भावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साह प्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।