आरबीआईको नयाँ व्यवस्था : रिपोदर ६ प्रतिशत, ६.२५ प्रतिशतमा स्थायी तरलता सुविधा

<p>मुम्बई । भारतीय रिजर्भ बैंकले बैंकिङ दरहरु घटाएको छ । भारतीय रिजर्भ बैंकको बोर्ड बैठकले यसअघि कायम रहेको रिपो र स्थायी तरलता सुविधा घटाएर नयाँ दर निर्धारण गरेको हो । आरबीआईको व्यवस्था अनुसार अब २ हप्ता अवधिको तरलता समायोजन सुविधा (एलएएफ) ६.२५ प्रतिशतबाट घटाएर ६ प्रतिशत कायम गरिएको छ । त्यस्तै, सीमान्त स्थायी सुविधा (एमएसएफ) [&hellip;]</p>

मुम्बई । भारतीय रिजर्भ बैंकले बैंकिङ दरहरु घटाएको छ । भारतीय रिजर्भ बैंकको बोर्ड बैठकले यसअघि कायम रहेको रिपो र स्थायी तरलता सुविधा घटाएर नयाँ दर निर्धारण गरेको हो । आरबीआईको व्यवस्था अनुसार अब २ हप्ता अवधिको तरलता समायोजन सुविधा (एलएएफ) ६.२५ प्रतिशतबाट घटाएर ६ प्रतिशत कायम गरिएको छ ।

त्यस्तै, सीमान्त स्थायी सुविधा (एमएसएफ) लाई यसअघिको ६.२५ प्रतिशतको दर घटाएर ६ प्रतिशत कायम गरेको छ । यी दुवै दरहरु तत्काल लागु हुने पनि आरबीआईले जनाएको छ ।

Share News