
काठमाडौँ । प्रदेश नम्बर ३ मा रहेका सहकारी मध्य लालीगुराँस बहुउदेश्यीय सहकारी संस्थाले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार-२०७५ प्राप्त गरेको छ ।
बुधबार ६२ औँ सहकारी दिवसको अवसरमा राजधानीमा आयोजित विषेश कार्यक्रममा लालीगुराँसलाई उत्कृष्ट सहकारी घोषणा गरिएको हो । राष्ट्रिय सहकारी महांसघको उपसमितिले प्रदेश ३ को उत्कृष्ट सरकारीका रुपमा लालीगुराँसलाई छनौट गरेको हो ।
ललितपुरको चापागाउँ, काठमाडौँको चाबहिल, भक्तपुरको कौशलटार र चितवनमा सदस्य सुबिधा काउण्टर संचालन गरिरहेको लालीगुराँस सहकारीले जनाएको छ ।