काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले जारी गरेको साधारण सेयरमा पहिलो दिने नै आधा माग भएको छ । बुधबार साँझ ५ बजेसम्ममा ७९०९ जना आवेदकले ६ लाख ३४ हजार १४० कित्ता सेयरको लागि आवेदन गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले १४ लाख ८५ हजार कित्ता साधारण सेयर निष्काशन गरेको छ । त्यसमध्ये कर्मचारीलाई ३ प्रतिशत र सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याईएको छ ।
पहिलो दिनमै लगानीकर्ताहरुको उत्साहजनक सहभागीताले दोस्रो दिनमै सम्पूर्ण सेयर बिक्री हुने सम्भावना रहेको कम्पनीका प्रबन्धक प्रकाश दुलालले बताए । तुलनात्मक रूपमा कम लागतमा परियाेजना बन्दै गरेकाे र सम्पन्न हुने चरणमा पुगिसकेकाेले लगानीकर्ताले यस कम्पनीकाे सेयर मन पराएकाे कम्पनीकाे विश्लेषण छ ।
रामेछाप र दोलखा जिल्लाको सिमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मे.वा. को उपल्लो खिम्ति र ७ मे.वा. को अपर खिम्ति–२ गरी कुल १९ मे.वा. का आयोजनाहरु निर्माण गरिरहेको छ । विवरण पत्रमाउल्लेख भएअनुसार १९ मे.वा. निर्माण गर्नको लागि लागत करिव ३ अर्ब १५ करोड रहेको छ । यसरी हेर्दा प्रति मे.वा. लागत करिव १६ करोड ५६ लाख मात्र रहेको छ भने दुवै आयोजना यहि २०७६ आषाढ मसान्तमा सम्पन्न हुने उल्लेख छ ।