हावाहुरीका कारण बारा र पर्सामा १० मजदुरको मृत्यु, चाचान ग्रुपको दाल मिलमा क्षति

<p>काठमाडौँ । आइतबार बारा र पर्सा जिल्लामा आएको विनाशकारी हावाहुरीले मानवीय क्षतिसँगै त्यस क्षेत्रका औद्योगिक प्रतिष्ठानमा समेत क्षति भएको छ । पर्सा जिल्लामा चाचान ग्रुपले सञ्चालन गरेको दाल मिलमा सबैभन्दा धेरै क्षति भएको छ । यता बारा जिल्लामा रहेका उद्योगमा भने कुनै किसिमको क्षति भएको छैन । पर्सा उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले अहिलेसम्म [&hellip;]</p>


काठमाडौँ । आइतबार बारा र पर्सा जिल्लामा आएको विनाशकारी हावाहुरीले मानवीय क्षतिसँगै त्यस क्षेत्रका औद्योगिक प्रतिष्ठानमा समेत क्षति भएको छ । पर्सा जिल्लामा चाचान ग्रुपले सञ्चालन गरेको दाल मिलमा सबैभन्दा धेरै क्षति भएको छ । यता बारा जिल्लामा रहेका उद्योगमा भने कुनै किसिमको क्षति भएको छैन ।

पर्सा उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले अहिलेसम्म आएको जानकारी अनुसार सबैभन्दा धेरै चाचान ग्रुपको दाल मिलमा भएको बताए । उनले सबै उद्योगहरुलाई क्षतिको विवरणका सूचना गरेपनि सम्पूर्ण विवरण प्राप्त भइनसकेको बताए ।

उद्योगले उत्पादन गरेका करोडौं रुपैयाँ बराबरका मालसामान हावाहुरीले उडाएको छ । पर्साको कलस र अम्बे सिमेन्ट लगाएतका उद्योगहरुमा क्षति भएको अध्यक्ष केडियाले बताए ।

यसैगरी बारा उद्योग वाणिज्य संघका अध्यक्ष विनोदप्रसाद साहले बाराका कुनैपनि उद्योगमा क्षति नभएको बताए । अहिले विद्युत आपूर्ति बन्द छ, विद्युत सुचारु हुने बित्तिकै उद्योग सञ्चालनमा आउँछन्-उनले भने ।

१० मजदुरको मृत्यु
स्थानीय प्रहरीका अनुसार वारा र पर्सा जिल्लामा हावाहुरीका कारण ईट्ट भट्टामा काम गर्ने ५ जना नेपाली र ५ जना भारतीय गरी १० जनाको मूत्यु भएको छ । बिजुलीका पोलहरु हावाले उडाउँदा औद्योगिक करिडोरमा विद्युत् आपूर्ति बन्द छ ।

Share News