आँधी हुरी प्रभावित घाइते पशुहरुलाई उपचार गर्दै स्नेहाज केयर

<p>काठमाडौं । आँधीहुरी प्रभावित बारा र पर्सा जिल्लामा स्नेहाज केयरले बिरामी तथा घाईते पशुहरुलाई भेटनरी सेवा सञ्चालन गरेको छ । घाइते पशु उपचार गर्न औषधी र डाक्टर सहित स्नेहाज केयरको टोली प्रभावित जिल्ला पुगेको हो । हावाहुरीमा परि सयौँको सँख्यामा जिवजनावरहरु घाईते तथा बिरामी भएका छन् भने सयौँ जनावरहरु हराईरहेका छन् । मृत पशुबाट महामारी [&hellip;]</p>

काठमाडौं । आँधीहुरी प्रभावित बारा र पर्सा जिल्लामा स्नेहाज केयरले बिरामी तथा घाईते पशुहरुलाई भेटनरी सेवा सञ्चालन गरेको छ । घाइते पशु उपचार गर्न औषधी र डाक्टर सहित स्नेहाज केयरको टोली प्रभावित जिल्ला पुगेको हो ।

हावाहुरीमा परि सयौँको सँख्यामा जिवजनावरहरु घाईते तथा बिरामी भएका छन् भने सयौँ जनावरहरु हराईरहेका छन् । मृत पशुबाट महामारी फैलिन नदिन केयरले अहिले विषेश सावधानी अपनाइ रहेको केयरका डाक्टर सुमन श्रेष्ठले बताए ।

हाल केयरले कति पशुपंक्षीको क्षति भयो भन्ने विवरण सँकलन भईरहेकोले गरिरहेको छ । केयरले घाईते जिव जन्तुहरुलाई आवश्यक उपचार तथा दानापानीको व्यवस्थापन गरिरहेको छ ।

केयरले हावाहुरी प्रभावित बारा जिल्लाको महागढीमाई नगरपालिकास्थित तेलगाँई टोल र बेनौली, फेटा गाँउपालिकाको पुरैनिया, भरवलीया तथा भलुही लगायतका स्थानमा बिरामी जनावरहरुको उपचार गरिरहेको छ । यसैगरी कलैया उपमहानगरपालिकाको धर्मनगर, परवानीपूर गाँउपालिकाको चैनपूर, स्वर्णपूर गाँउपालिकाको हर्दिया, परशुरामपूर, वगही लगायत पचरौता नगरपालिकाको प्रभावित स्थानहरुमा सँस्थाको टोलीले पशु सेवा विज्ञ केन्द्र, बारा तथा स्थानीय निकायहरुसँगको समन्वयमा काम गरिरहेको सँस्थाका अध्यक्ष स्नेहा श्रेष्ठले जानकारी दिइन्।

श्रेष्ठले आँधि प्रभावित क्षेत्रमा सँस्थाको टोली निरन्तर रुपमा कार्यरत रहेकोले केहि समस्या रहेमा आफ्नो टोली खबर गर्न आग्रह गरेकी छिन् । “सँस्थाको टोलीले स्थलगत रुपमा पठाएको विवरण र स्थानीय आवश्यकताको आधारमा आवश्यक पर्ने राहत सामग्री जुटाउन सँस्था लागि परिरहेको छ, हामी हावाहुरी प्रभावित स्थानका मानिस तथा जनावरहरुको स्वास्थ्यलाभको कामना गर्दछौँ, अध्यक्ष श्रेष्ठले भनिन ।”

Share News