काठमाडौं । सेञ्चुरी बैंकले हावाहुरीवाट पिडित परिवारलाई ५ लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको छ ।

आइतबार साँझ बारा र पर्सामा आएको शक्तिशाली हावाहुरीको कारण मृत्यु हुनेहरुमा हार्दिक समवेदना तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै खाद्यान्न सहयोग गरेको हो ।
राहत स्वरुप यस सेञ्चुरी कमर्सियल बैंकद्धारा बैंकको संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत त्यस अकल्पनिय घटनाका ४९० पिडित परिवारहरुलाई खाद्यान्न सहयोग गरेको छ ।