काठमाडौं । सिटिजन्स बैंकले पीडित व्यक्ति तथा प्रभावित परिवारलाई सहयोग गर्ने हेतुले “सिटिजन्स बारापर्सा हुरी पिडित राहतकोष २०७५” को स्थापना गरेको छ । हावाहुरीबाट प्रभावितका लागि राहत स्वरुप उक्त राहतकोषमा बैंकले रू दस लाखको सहयोग जम्मा गर्ने निर्णय गरेको हो ।
पीडितहरुको दुःखको घाउमा मलम लगाउने उद्देश्यले सिटिजन्स बैंकको जुनसुकै शाखा कार्यालयबाट “सिटिजन्स बारापर्सा हुरी पिडित राहतकोष २०७५” को खाता नं ००१०१००००३१६७२०१ मा रकम जम्मा गर्न सकिने व्यवस्था रहेको छ ।
उक्त खातामा सहयोग गर्नेको नाम ठेगाना र सहयोग रकम बैंकको वेवसाईट तथा सूचनापाटीमा प्रकाशित गरिने जानकारी दिएको छ ।
बैंकका देशैभरी ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।