वाइडबडी खरिद प्रकरणः अख्तियारले ५ कम्पनीलाई बोलायो, कुन हुन् ती कम्पनी ?

<p>काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका दुइटा वाइडबडी विमान खरिद प्रक्रियामा जोडिएका ५ वटा कम्पनीलाई बयानका लागि आउन सूचना जारी गरेको छ । अख्तियारले गत बुधबार सार्वजनिक सूचना जारी गरी आयरल्यान्ड डब्लिनको हाई फ्लाई एक्स लिमिटेड, अमेरिकाको एएआर इन्टरनेसनल, जर्मनीको जर्मन एभिएसन क्यापिटल, पोर्चुगलको हाई फ्लाई एरोज पोर्चुगल र जर्मनीकै नटर्न रोज फुलब्राइट [&hellip;]</p>

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका दुइटा वाइडबडी विमान खरिद प्रक्रियामा जोडिएका ५ वटा कम्पनीलाई बयानका लागि आउन सूचना जारी गरेको छ ।

अख्तियारले गत बुधबार सार्वजनिक सूचना जारी गरी आयरल्यान्ड डब्लिनको हाई फ्लाई एक्स लिमिटेड, अमेरिकाको एएआर इन्टरनेसनल, जर्मनीको जर्मन एभिएसन क्यापिटल, पोर्चुगलको हाई फ्लाई एरोज पोर्चुगल र जर्मनीकै नटर्न रोज फुलब्राइट १५ दिनभित्र उपस्थित हुन डाकेको हो ।

अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा ४३ को कार्यविधि प्रयोग गरी ती कम्पनीहरूलाई सूचना जारी गरेको जनाएको छ । उक्त दफामा नेपालभित्र ठेगाना पत्ता नलागेको वा सूचना बुझाउन नसकेको व्यक्तिलाई तीस दिनको म्याद दिई दुई पटक सार्वजनिक सूचना जारी गर्नुपर्ने उल्लेख छ । ‘यो सूचना पालना नगर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही हुनेछ,’ अख्तियारको सूचनामा भनिएको छ ।

वाइडबडी विमान खरिदका लागि सार्वजनिक बोलपत्रमाथि अध्ययन हुँदा नेपाल वायुसेवा निगमले सुरुमा अमेरिकी कम्पनी एएआर इन्टरनेसनल छनोट गरेको थियो । त्यसपछि समझदारी (एमओयू) का क्रममा एएआर इन्टरनेसनलसँग जर्मन एभिएसन क्यापिटल र हाई फ्लाई एरोज पोर्चुगलसमेत मिसिएका थिए । उनीहरूले कन्सोर्टियम बनाएर समझदारीपत्र तयार पारिएको थियो ।

विमान खरिदको सम्झौता हुँदा भने तीनवटा कम्पनीले आयरल्यान्डमा तयार गरेको हाई फ्लाई एक्स नामक कम्पनी खडा गरेको र ऊसँग सबै कारोबार झएको देखाइएको थियो । यसक्रममा एस्त्रो एजेन्टका रूपमा जर्मनीकै नटर्न रोज फुलब्राइटसँग सम्झौता भई उसकै खातामा रकम हस्तान्तरण भएको थियो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Share News