लुम्बिनी, सांग्रिला र सिन्धु विकास बैंकका नयाँ शेयरहरु कारोबार योग्य

<p>काठमाडौं । तीन विकास बैंकका हकप्रद तथा बोनस शेयरहरु दोस्रो बजारमा कारोबार गर्न सकिने भएका छन् । लुम्बिनी, सांग्रिला र सिन्धु विकास बैंकका हकप्रद तथा बोनस शेयरहरु सोमबार सूचिकृत भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । सांग्रिला विकास बैंकको १० लाख २ हजार ५५४ कित्ता बोनस शेयर, सिन्धु विकास बैंकको २ लाख ८० हजार ८०८ [&hellip;]</p>

काठमाडौं । तीन विकास बैंकका हकप्रद तथा बोनस शेयरहरु दोस्रो बजारमा कारोबार गर्न सकिने भएका छन् । लुम्बिनी, सांग्रिला र सिन्धु विकास बैंकका हकप्रद तथा बोनस शेयरहरु सोमबार सूचिकृत भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

सांग्रिला विकास बैंकको १० लाख २ हजार ५५४ कित्ता बोनस शेयर, सिन्धु विकास बैंकको २ लाख ८० हजार ८०८ कित्ता बोनस शेयर, लुम्बिनी विकास बैंकको ३ लाख ६२ हजार ४४६ कित्ता हकप्रद शेयर नेप्सेमा सूचिकृत भएसँगै कारोबार गर्न सकिने भएको हो ।

Share News