नवलपुरमा स्पर्स लघुवित्तको एक दिने तालिम

<p>काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले एक दिने कृषि तथा पशुपालन सम्वन्धी तालिम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै वित्तीय संस्थाका विजनेश तथा कर्जा विभाग प्रमुख हरिशरण गिरीले सहभागीहरुलाई यस्तो किसिमको तालिमबाट प्राप्त ज्ञानको उपभोग गरी व्यवसायिक कृषि तथा पशुपालनलाई जोड दिई आर्थिक क्रियाकलाप वृद्धि गर्न र आत्मनिर्भर बन्न प्रेरित गरेका थिए । वित्तीय [&hellip;]</p>

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले एक दिने कृषि तथा पशुपालन सम्वन्धी तालिम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै वित्तीय संस्थाका विजनेश तथा कर्जा विभाग प्रमुख हरिशरण गिरीले सहभागीहरुलाई यस्तो किसिमको तालिमबाट प्राप्त ज्ञानको उपभोग गरी व्यवसायिक कृषि तथा पशुपालनलाई जोड दिई आर्थिक क्रियाकलाप वृद्धि गर्न र आत्मनिर्भर बन्न प्रेरित गरेका थिए ।

वित्तीय संस्थाका सुक्रौली शाखाका शाखा प्रवन्धक अरविन्द मल्लले सञ्चालन गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका विजनेश तथा कर्जा विभागका प्रमुख, वित्तीय संस्थाका अन्य शाखाका शाखा प्रवन्धकहरु र स्थानीय भद्रभलाद्मीहरुको सहभागीता रहेको थियो । वित्तीय संस्थाले हाल २० वटा शाखा मार्फत करिव १५ हजार सदस्यहरुलाई आफ्नो सेवा विस्तार गरेको छ । नवलपुर जिल्लामा अवस्थित सेमरी, सुक्रौली र भूताहा शाखाका करिव ४१ जना ग्राहक सदस्यहरु यस किसिमको तालिमबाट लावान्भित भएका हुन् ।

Share News