बैंककमा नेपालको दीर्घकालीन विकास योजना निर्माण सम्बन्धी छलफल

<p>काठमाडौं । बैंककमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली विज्ञले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा अन्य सरकारी अधिकारीसँग नेपालको विकास योजना र भिजनबारे अन्तरक्रिया गरेका छन् । कार्यक्रम गैरआवासीय नेपाली संघ थाइल्याण्डसँगको सहकार्यमा नेपाल पोलिसी इन्ष्टिच्युट (एनपीआई)ले आयोजना गरेको हो । एनपीआई गैरआवासीय नेपाली संघको स्वायत्त थिंक ट्यांक हो, जसले नेपाल र नेपालीलाई केन्द्रमा राखेर देशको [&hellip;]</p>

काठमाडौं । बैंककमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली विज्ञले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा अन्य सरकारी अधिकारीसँग नेपालको विकास योजना र भिजनबारे अन्तरक्रिया गरेका छन् ।

कार्यक्रम गैरआवासीय नेपाली संघ थाइल्याण्डसँगको सहकार्यमा नेपाल पोलिसी इन्ष्टिच्युट (एनपीआई)ले आयोजना गरेको हो । एनपीआई गैरआवासीय नेपाली संघको स्वायत्त थिंक ट्यांक हो, जसले नेपाल र नेपालीलाई केन्द्रमा राखेर देशको नीति निर्माणमा छलफल, बहस,अन्तरक्रिया र अनुसन्धान गर्दछ।

बैंककमा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रम सरकारको १५औं आवधिक योजनासँगमा केन्द्रित रहेको एनपीआईका सदस्य रमेश सिंहले बताए । योजना निर्माणमा सहयोग गर्न आयोगले तीन साताअघि आग्रह गरे अनुसार इन्ष्टिच्युटले आफ्नो तर्फबाट आयोगलाई सुझावहरु दिएको उनले बताए । कार्यक्रमको शुभारम्भमा आयोगका सहसचिव खुमराज कोइरालाले १५औं आवधिक योजनाको मस्यौदाका मुलभुत उद्देश्य र लक्ष्यबारे अवगत गराए ।

त्यसपछि इन्ष्टिच्युटका अध्यक्ष खगेन्द्र ढकालले प्रस्तुती गर्दै ग्लोबल कन्सल्टेशनबाट आएका निष्कर्षहरुको मुख्य बुँदाहरु प्रस्तुत गरेका थिए । उनले आयोगको मस्यौदामा नौ वटा फरक समस्याहरु औंल्याउँदै समाधानको उपाय दिएका थिए । साथै, ढकालले निर्माण–उत्पादन–व्यवस्थापन–अनुगमन (बीपीएमएम)को नयाँ थिम अबको योजनामा अवलम्बन गर्न सिफारिस गर्दै यस थिमको बारेमा व्याख्या गरेका थिए ।

Share News