काठमाडौं । चितवनमा नेपाल राष्ट्र बैंकको सहयोग तथा बैंकका पूर्व कर्मचारी संघको आयोजना र वोमी लघुवित्त वित्तीय संस्थाको समन्वयमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर महानगरपालिका वडा नं. २६, ज्योतिनगर, चितवनमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको हो ।

रतपुर महानगरपालिकाका वडा अध्यक्ष ज्ञानप्रसाद खनालको प्रमुख उपस्थितिमा नेपाल राष्ट्र बैंकका सहायक निर्देशक प्रेमप्रसाद आचार्यले शुभकामना सन्देश सहितको वित्तीय साक्षरताका सम्बन्धमा वार्ता प्रस्तुत गरेका थिए । त्यस्तै, नेपाल राष्ट्र बैंकका पूर्व अधिकृतहरु सिद्धिकृष्ण जोशी तथा प्रमोदप्रसाद नेपालले उपस्थित समुदायलाई वित्तीय चेतनाका अन्तरनिहित विभिन्न विषयवस्तुको वारेमा व्यवहारिक ज्ञान प्रस्तुत गरेका हुन् ।
उक्त कार्यक्रममा विद्यार्थी तथा कृषक सम्मिलित महिला तथा पुरुषहरु गरी जम्मा १२४ जना स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । वोमी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व अधिकृतहरु किशोरी थापा तथा रुकमिणी गौतमको समेत उपस्थिति थिए ।