हिमालय एयरलाइन्सको काठमाडौं-अबुधाबी उडान उद्घाटन

<p>काठमाडौं । हिमालय एअरलाइन्स्को एचनाइन ५६७ विमानले काठमाडौंबाट अबुधाबीको लागि उडान उद्घाटन गरेको छ । काठमाडौंको त्रिभुवन विमानस्थलबाट १४८ यात्रु सहित २१ः३० मा अबुधाबी उडेको एअरलाइन्स्को एचनाइन ५६७ विमानले अबुधाबीको अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार ००ः५३ मा अवतरण गरेको थियो । उडान अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलबाट १५० यात्रु सहित एचनाइन ५६८ विमान अप्रिल १, २०१९ मा [&hellip;]</p>

काठमाडौं । हिमालय एअरलाइन्स्को एचनाइन ५६७ विमानले काठमाडौंबाट अबुधाबीको लागि उडान उद्घाटन गरेको छ । काठमाडौंको त्रिभुवन विमानस्थलबाट १४८ यात्रु सहित २१ः३० मा अबुधाबी उडेको एअरलाइन्स्को एचनाइन ५६७ विमानले अबुधाबीको अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार ००ः५३ मा अवतरण गरेको थियो ।

उडान अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलबाट १५० यात्रु सहित एचनाइन ५६८ विमान अप्रिल १, २०१९ मा स्थानीय समय ०२ः३१ मा उडान भरेर काठमाडौंको त्रिभुवन विमानस्थलमा स्थानीय समय ०८ः४१ बजे अवतरण गरेको जानकारी दिए ।

युएईका लागि स्थानीय बजार व्यवस्था कार्य हेर्न एअरलाइन्स्ले फिशटेल ट्राभल एण्ड टुरिजमलाई नियुक्त गरेको छ । प्रिमियम इकोनोमी क्लासको ८ र इकोनोमी क्लासको १५० गरी कुल १५८ सिट क्षमता भएको विमान प्रत्येक मंगलबार, बिहीबार र आइतबार एअरलाइन्स्ले आफ्नो नयाँ उडान भर्नेछ । बिदा, व्यावसायिक यात्रा तथा छोटो बसाइ लाई मध्य नजर गर्दै उडानको तालिका तयार गरिएको हो ।
हिमालय एयरलाइन्सको बारेमा 
नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अष्टमा स्थापित हिमालय एअरलाइन्स् अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको एक निजी एअरलाइन्स् कम्पनी हो । उच्च पहाडी भागलाई संकेत गर्ने ‘हिमालय’ शब्दले राष्ट्रको नाम उचो राखे जसरी नै हिमालय एयरलाइन्स्ले पनि आफ्नो पहिचान कार्यम गरेकाे बताए । गन्तव्य स्थलहरुमा ८ प्रिमियम इकोनोमी क्लास र १५० इकोनोमी क्लास सीट भएका ए ३२०–२१४ सिरिजका ३ वटा न्यारो–बडी एयरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएका छन् ।

सन् २०१९ मा हिमालय एअरलाइन्स्ले चीन कनेक्टिभीटीलाई मध्यनजर गर्दै बेइजिङलाई आफ्नो सञ्जालमा जोड्ने र आफ्नो विस्तार अन्य शहरहरु नाङचाङ, वुहान, चाङ्सा, न्यानिङसम्म पुर्याउने योजना बनाएको छ । निकट भविष्यमा नै ल्हासाजस्ता उच्च स्थानमा उडान भर्नका निम्ति एअरलाइन्सले ए ३१९ जहाज खरिद गर्ने योजना बनाएको छ ।

Share News