नाफिजको पहलमा अग्रज पत्रकार बुढाथोकीलाई ९२ हजार आर्थिक सहयोग

<p>काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को पहलमा अग्रज आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीलाई ९२ हजार रुपैंयाँ सहयोग प्रदान गरिएको छ । नाफिज कार्यसमितिका सचिवालय सदस्य अजमत अलिको समन्वयमा अग्रज पत्रकार बुढाथोकीलाई कतार च्यारिटीले ९२ हजार ४ सय ४२ रुपैंयाँ सहयोग गरेको हो । केहि समयदेखि उच्च रक्तचाप र मधुमेहका कारण मल्टिपल अट्षक भई उपचारका क्रममा रहेका [&hellip;]</p>

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को पहलमा अग्रज आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीलाई ९२ हजार रुपैंयाँ सहयोग प्रदान गरिएको छ ।
नाफिज कार्यसमितिका सचिवालय सदस्य अजमत अलिको समन्वयमा अग्रज पत्रकार बुढाथोकीलाई कतार च्यारिटीले ९२ हजार ४ सय ४२ रुपैंयाँ सहयोग गरेको हो ।

केहि समयदेखि उच्च रक्तचाप र मधुमेहका कारण मल्टिपल अट्षक भई उपचारका क्रममा रहेका पत्रकार बुढाथोकीलाई नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को संयोजनका च्यारिटीले सहयोग प्रदान गरेको हो ।

बुढानिलकण्ठ नगरपालिका कपन स्थित बुढाथोकीको निवासमा पुगेर च्यारिटीका परियोजना प्रबन्धक इर्शाद अलि शेखले सहयोग रकम हस्तान्तरण गरे । नाफिजका अध्यक्ष सिताराम भट्टराई, उपाध्यक्ष इन्द्र बानिया, कार्यसमिति सदस्य मोहम्मद अजमत अलिको उपस्तिथीमा शेखले ३ हजार कतारी रियाल बराबरको ९२ हजार ४४२ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन ।
च्यारिटीले हालसम्म १८ जनालाई उपचारार्थ सहयोग गरिसकेको छ । लामो समयदेखि निष्ठाको पत्रकारिता गर्दै आएको बताउदै बुढाथोकीले च्यारिटीको सहयोगप्रति आभार प्रकट गरे । यस प्रकारको सहयोगले आफुलाई आगामी दिनमा पनि निष्ठाको पत्रकारिता गर्न तर्फ प्रोत्साहन मिलेको उनले बताए । बिगत २३ बर्षदेखि आर्थिक क्षेत्रमा कलम चलाउदै आएका बुढाथोकीलाई नाफिजको तर्फबाट यसअघि १४ हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

Share News