नेप्से स्थिर, युनिभर्सलको गिरावट थामिएन

<p>काठमाडौं । शेयर बजार परिसूचक नेप्से साताको पहिलो दिन आइतबार स्थिर देखिएको छ । ९ लाख ५० हजार कित्ता शेयर कारोबारमार्फत् २६ करोड ६६ लाख रुपैंयाबराबरका शेयरहरु खरिदबिक्री भएको बजारमा ०.९१ प्रतिशतको झिनो गिरावटसँगै परिसूचक ११४३.५९ अंक कायम भएको छ । आइतबारको बजारमा १० उपसूचकहरुमध्ये बैंकिङ, उत्पादनमूलक र अन्य समूहको परिसूचक बढ्दा बाँकी ७ उपसूचकहरु [&hellip;]</p>

काठमाडौं । शेयर बजार परिसूचक नेप्से साताको पहिलो दिन आइतबार स्थिर देखिएको छ । ९ लाख ५० हजार कित्ता शेयर कारोबारमार्फत् २६ करोड ६६ लाख रुपैंयाबराबरका शेयरहरु खरिदबिक्री भएको बजारमा ०.९१ प्रतिशतको झिनो गिरावटसँगै परिसूचक ११४३.५९ अंक कायम भएको छ ।

आइतबारको बजारमा १० उपसूचकहरुमध्ये बैंकिङ, उत्पादनमूलक र अन्य समूहको परिसूचक बढ्दा बाँकी ७ उपसूचकहरु घटेका छन् । आज कारोबार भएकामध्ये बैंक अफ काठमाडौं लिमिटेडको सर्वाधिक शेयर संख्या र कारोबार रकम कायम हुँदा अरुण काबेली पावरको शेयर सर्वाधिक ४.५५ प्रतिशतले बढेको छ भने युनिभर्सल पावरको शेयर मूल्य सर्वाधिक ९.१७ प्रतिशतले घटेको छ ।

अघिल्लो हप्ताको आइतबारदेखि शेयर बजारमा २७० रुपैंयाबाट कारोबार सुरु भएको युनिभर्सलको शेयर मूल्यमा छैटौं दिनको कारोबारमा पनि करिब १० अंककै गिरावट आएको छ । १०० रुपैंया प्रतिकित्ताका प्राथमिक बजारमा बिक्री भएको शेयर दोस्रो बजारमा अधिकतम मूल्यमा कारोबार भइदिएपछि निरन्तर घट्दै गएको हो । उक्त शेयर आइतबार १७ रुपैंयाले घटेर १६२ रुपैंयामा आइपुगेको छ ।

Share News