काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले सम्पुर्ण शैक्षिक बेरोजगारलाई उद्यमसिलताका लागि तयार रहन निर्देशन दिएका छन् । सरोकार समाज नेपालले आयोजना गरेको युवा अभिमुखिकरण कार्याशालामा बोल्दै नेता नेपालले शैक्षिक बेरोजगारीको संख्या बढ्नु चिन्ताको विषय भएको बताएका हुन् ।
‘हामी नेपालीमा गज्जबको संस्कार बस्न थाल्यो विदेसमा गएर जस्तो पनि काम गर्ने स्वदेशमा केहि काम नगर्ने नेता नेपालले भने यहि प्रक्रियाबाट अघि बढ्ने हो भने हामी निकै पछि पर्नेछौं ।’ उनले शैक्षिक बेरोजगारहरुलाई सहुलियतपुर्ण कर्जाको व्यवस्था गरेकोले यसको समुचित प्रयोग गर्नपर्नेमा सुझाव दिए । सहकारी मोडेलमा उद्यमसिलता गर्दा उत्पादन बढ्ने भएकाले सोहि मोडेलमा काम गर्न विद्यार्थीहरुलाई जोड दिए ।

कार्याशालामा बोल्दै राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले सहुलियत पुर्ण कर्जामा युवाहरुको आकर्षण बढ्न नसकेको बताए । श्रेष्ठले शैक्षिक सहुलियत कर्जा हालसम्म ६ जनाले मात्र लिएको बताए । उनका अनुसार हालसम्म सहुलियत कर्जामा ६ विद्यार्थीले ३८ लाख, उच्च प्राविधिक तथा व्यवसायिक कर्जामा २ जनाले १० लाख लिएका छन् ।
कार्यक्रममा तेज बहादुर ढकालले कार्यपत्र प्रस्तुत गरेका थिए । युवा र समृद्धि शिर्षकमा प्रस्तुत गरिएको कायापत्रमा युवाहरुको वर्तमान स्वरोजगार र उद्यमको विषयमा प्रस्तुति दिएका थिए । कार्याक्रममा अनेरास्ववियुका युवा नेताहरु सुदेश पराजुली, येशु लामा, ओसिम आलम लगायतको सहभागिता रहेको थियो ।
