
काठमाडौँ । नेकपा संसदीय दल ३ नम्बर प्रदेशको बैठकले उपनेतामा शालिकराम जम्कट्टेललाई चयन गरेको छ ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री समेत रहेका जम्कट्टेल तत्कालीन नेकपा माओवादी केन्द्रका नेता हुन् । यसैगरी नेकपा ३ नम्बर प्रदेशको मुख्य सचेतकमा रामेश्वर फुयाललाई चयन गरिएको छ ।
तत्कालीन नेकपा एमालेमा उनी प्रदेशको मुख्य सचेतक नै थिए । यसैगरी सचेतकमा बुद्धिमान माझीलाई चयन गरिएको छ । संसदीय दलका नेता एवम् ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उनीहरुको नाम प्रस्ताव गरेपश्चात सर्बसम्मत चयन गरिएको हो ।