हलेसीबाट काठमाडौं आउँदै गरेको जीप दुर्घटना, ६ जनाको मृत्यु

<p>काठमाडौँ । ओखलढुङ्गाको मानेभञ्ज्याङमा जीप दुर्घटना भएको छ । घटनामा परी ६ जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । हलेसीबाट काठमाडौं आउँदै गरेको बा १६ च २२०६ नम्बरको जीप मानेभञ्ज्याङको भँडारे खोलामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घटनामा परी मृत्यु भएकामा चारजना पुरुष र २ जना महिला छन् । उनीहरुको नाम [&hellip;]</p>

काठमाडौँ । ओखलढुङ्गाको मानेभञ्ज्याङमा जीप दुर्घटना भएको छ ।

घटनामा परी ६ जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

हलेसीबाट काठमाडौं आउँदै गरेको बा १६ च २२०६ नम्बरको जीप मानेभञ्ज्याङको भँडारे खोलामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घटनामा परी मृत्यु भएकामा चारजना पुरुष र २ जना महिला छन् ।

उनीहरुको नाम खुल्न सकेको छैन–जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजेश श्रेष्ठले जानकारी दिए ।

मोटरसाइकल आपसमा ठोक्किँदा तीनको मृत्यु
यता, बर्दियाको बारबर्दिया नगरपालिकामा शनिबार अपराह्न मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु भएको छ । नगरपालिका–९ स्थित बनगाईमा भएको दुघर्टनामा घाइते भएका मधुवन नगरपालिका–१ का २१ वर्षीय सुरज चौधरी, १४ वर्षीया कृष्णा चौधरी र २३ वर्षीय खगेन्द्र बस्नेतको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

सुरज चौधरीले चलाएको भे८प ६९६८ नम्बरको मोटरसाइकल र खगेन्द्र बस्नेतले चलाएको बा ९१ प ९३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी बर्दियाले जनाएकोे छ । तीव्रगतिका कारण मोटरसाइकल ठोक्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share News