लगानी सम्मेलनमा म्यानमारका लगानीकर्ता गरे आफ्नै देशको प्रचार !

<p>काठमाडौँ । राजधानीको होटल सोल्टीमा शुक्रबारदेखि २ दिने लगानी सम्मेलन भइरहेको छ । उक्त सम्मेलनमा विभिन्न विषयमा छलफल भइरहँदा म्यानमारका एक लगानीकर्ताले नेपालमा लगानी प्रतिबद्धता गर्नुको साटो आफ्नै प्रचार मात्र गरेका छन् । म्यानमारको योमा ग्रुप अफ कम्पनीका कार्यकारी अध्यक्ष सर्ज पुनले लगानी सम्मेलनका क्रममा नेपालमा भेला भएका लगानीकर्तालाई उनकै देश म्यानमारमा लगानी गर्न आग्रह [&hellip;]</p>


काठमाडौँ । राजधानीको होटल सोल्टीमा शुक्रबारदेखि २ दिने लगानी सम्मेलन भइरहेको छ । उक्त सम्मेलनमा विभिन्न विषयमा छलफल भइरहँदा म्यानमारका एक लगानीकर्ताले नेपालमा लगानी प्रतिबद्धता गर्नुको साटो आफ्नै प्रचार मात्र गरेका छन् ।

म्यानमारको योमा ग्रुप अफ कम्पनीका कार्यकारी अध्यक्ष सर्ज पुनले लगानी सम्मेलनका क्रममा नेपालमा भेला भएका लगानीकर्तालाई उनकै देश म्यानमारमा लगानी गर्न आग्रह गरेका थिए ।

विदेशी निम्तालुले आफ्नै देशको प्रचार गर्न थालेपछि छलफलका सहजकर्ता प्रदीपकुमार श्रेष्ठले म्यानमारको राम्रो पक्षको प्रचार भन्दा पनि नेपालमा लगानीको बाताबरण बारे धारणा राख्न अनुरोध गरेका थिए ।

उद्योगमन्त्री मातृका यादवले अध्यक्षता गरेको उद्योग सत्रको छलफल कार्यक्रममा सचिव यामकुमारी खतिवडाले कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

Share News