
काठमाडौं । मुथुट ग्रुपका अध्यक्ष एमजी मुथुटले नेपालमा दुई तिहाईको स्थिर सरकार निर्माण भएकाले नेपाल लगानीको उत्कृष्ठ गन्तव्य भएको बताएका छन् ।
शुक्रबारदेखि काठमाडौँमा शुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दैै उनले भने–नेपालमा कानून संसोधन भएका छन्, लगानीको बाताबरण बनेको छ ।
नेपालका प्रधानमन्त्री लगानी मैत्री छन्, यस्तो अनुकुल बाताबरण नेपालमा कहिलेपनि थिएन, उनले भने–‘अब यहाँ लगानी गरेर नाफा कमाउन कुनै समस्या छैन ।’
नेपालमा युनाइटेड फाइनान्सले रणनीतिक साझेदारको रुपमा यही ग्रुपको मुथुट फाइनान्सलाई भित्राएको छ ।