५५ अर्बको केबलकार परियोजनामा विदेशी लगानीकर्ता आकर्षित होलान ?

<p>काठमाडौं । मनोरञ्जनको साधनको रुपमा विकास हुँदै गएको केबलकार पछिल्लो समय धार्मिक क्षेत्र केन्द्रित बन्दै गएको छ । मनकामना केबलकारबाट सुरु भएको यातायात अहिले देशभर फैलिने क्रममा रहेको छ । देशमा रहेको धार्मिक क्षेत्रलाई लक्षित गरि केबलकार योजनाहरु अघि बढिरहेको छ । राजधानीमा शुक्रबार र शनिबार हुने लगानी सम्मेलनमा पनि निजी क्षेत्रले केबलकारमा विदेशी लगानी [&hellip;]</p>

काठमाडौं । मनोरञ्जनको साधनको रुपमा विकास हुँदै गएको केबलकार पछिल्लो समय धार्मिक क्षेत्र केन्द्रित बन्दै गएको छ । मनकामना केबलकारबाट सुरु भएको यातायात अहिले देशभर फैलिने क्रममा रहेको छ ।

देशमा रहेको धार्मिक क्षेत्रलाई लक्षित गरि केबलकार योजनाहरु अघि बढिरहेको छ । राजधानीमा शुक्रबार र शनिबार हुने लगानी सम्मेलनमा पनि निजी क्षेत्रले केबलकारमा विदेशी लगानी भित्र्याउने योजना बनाएका छन् । ३ कम्पनीले विदेशी लगानी भित्र्याउन आफ्नो योजना अघि बढाएका छन् । यसरी योजना अघि बढाउनेहरुमा आइएमी ग्रुप, मुक्तिनाथ दर्शन प्राली र स्वर्गद्धारी दर्शन प्राली रहेका छन् ।

केबलकारको महत्वकांक्षी योजनामा मुत्तिलनाथ दर्शन केबलकार परियोजना रहेको छ । उसले ४४१ मिलियन डलरको योजना बनाएको छ । पछिल्लो समय चन्द्रागीरी केबलकारलाई सफल बनाएका आइएमी ग्रुपले २ वटा परियोजना अघि सारेका छन् । ग्रुपले अन्नपुर्ण सिक्लेस केबलकारका लागि ३१ मिलियन डलर र जालपादेवी केबलकारका लागि १६ मिलियन अमेरिकी डलरको शोकेस अघि सारिएको छ । यस्तै अर्को धार्मिक स्थल स्वर्गद्धारी केबलकारको लागि १६ मिलियन डलरको योजना अघि सारिएको छ ।

Share News