लगानी सम्मेलन लक्षित विप्लवको बन्द फिर्ता

<p>काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द फिर्ता लिएको छ । नेकपाले १६ गते शनिबार नेपाल बन्द घोषणा गरेको थियो । सरकारले हेमन्त प्रकाश ओली सुदर्शन लगायत सैयौं नेता कार्यकर्ताको गैर न्यायिक गिरफ्तारी गरेको भन्दै नेकपाले नेपाल बन्द घोषणा गरेको थियो । तर एसइई परिक्षा र नेपाल बार एसोसियसनको निर्वाचन परेकाले बन्दको [&hellip;]</p>

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द फिर्ता लिएको छ । नेकपाले १६ गते शनिबार नेपाल बन्द घोषणा गरेको थियो । सरकारले हेमन्त प्रकाश ओली सुदर्शन लगायत सैयौं नेता कार्यकर्ताको गैर न्यायिक गिरफ्तारी गरेको भन्दै नेकपाले नेपाल बन्द घोषणा गरेको थियो ।

तर एसइई परिक्षा र नेपाल बार एसोसियसनको निर्वाचन परेकाले बन्दको कार्यक्रम फिर्ता लिएको चन्दले विज्ञप्ति प्रकाशित गरेर जानकारी दिएका छन् ।
चन्द नेतृत्वको नेकपाले लगानी सम्मेलन लक्षित गर्दै १६ गते शनिबारका दिन नेपाल बन्दको घोषणा गरेको थियो ।

सरकारले चैत १५ र १६ गते लगानी सम्मेलन गर्दैछ । विदेशी लगानीकर्तालाई आकर्षित गर्न आयोजना गरिएको सम्मेलनमा ६ सय विदेशी लागनीकर्ता सहभागी हुनेछन् ।

Share News