लगानी सम्मेलनलाई सघाउँदै लगानीकर्ता संघ, शुभकामनादेखि आन्दोलन फिर्तासम्म

<p>काठमाडौं । पुँजी बजारसम्बद्ध लगानीकर्ता संघहरुले सरकारको लगानी सम्मेलनलाई परोक्ष रुपमा सघाउने भएका छन् । पुँजी बजारको सुधारका लागि भन्दै आन्दोलन गर्दै आएको एउटा पक्षले लगानी सम्मेलनको लागि भन्दै आन्दोलन स्थगित गर्दा अन्य तीनओटा संगठनहरुले उक्त सम्मेलन पुँजी बजारको विकासका लागि सकारात्मक संवाहक भएको निष्कर्ष सहित सफलताको शुभकामना व्यक्त गरेका छन् । बुधबार शेयर लगानीकर्ता [&hellip;]</p>

काठमाडौं । पुँजी बजारसम्बद्ध लगानीकर्ता संघहरुले सरकारको लगानी सम्मेलनलाई परोक्ष रुपमा सघाउने भएका छन् । पुँजी बजारको सुधारका लागि भन्दै आन्दोलन गर्दै आएको एउटा पक्षले लगानी सम्मेलनको लागि भन्दै आन्दोलन स्थगित गर्दा अन्य तीनओटा संगठनहरुले उक्त सम्मेलन पुँजी बजारको विकासका लागि सकारात्मक संवाहक भएको निष्कर्ष सहित सफलताको शुभकामना व्यक्त गरेका छन् ।

बुधबार शेयर लगानीकर्ता दवाव समूहले आफ्नो आन्दोलन लगानी सम्मेलन लक्षित नभएको भन्दै त्यस्तो प्रचारबाजी गरेर आफुहरुविरुद्ध अनर्गल प्रचार गरिएको भन्दै सम्मेलनसम्मका लागि आन्दोलन स्थगित गर्दैगर्दा तीन लगानीकर्ता नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ र पुँजीबजार लगानीकर्ता संघले उक्त सम्मेलनले लगानी भित्र्याई देशको आर्थिक समृद्धिमा सहयोग गर्ने भन्दै त्यसलाई सफल बनाउनुपर्ने निष्कर्ष निकालेका हुन् ।

इन्भेष्टर्स फोरमका तर्फबाट अध्यक्ष छोटेलाल रौनियार, शेयर लगानीकर्ता संघका तर्फबाट अध्यक्ष उत्तम अर्याल र पुँजी बजार लगानीकर्ता संघका तर्फबाट अध्यक्ष राधा पोखरेले हस्ताक्षर गर्दै सम्मेलनको सफलताको शुभकामना व्यक्त गरेका हुन् ।

Share News