एशियाली विकास बैंकका उपाध्यक्ष चेनले गरे थप सहयोगको प्रतिबद्धता

<p>काठमाडौँ । लगानी सम्मेलन २०१९ मा सहभागी हुन आएका एसियाली विकास बैंकका उपाध्यक्ष चेन चेन र अर्थमन्त्री डा.युवराज खतिवडाबीच बुधबार भेटवार्ता भएको छ । भेटका अवसरमा अर्थमन्त्री डा. खतिवडा र उपाध्यक्ष चेनबीच उर्जा, सडक सञ्जालको विकास, पर्यटन, कृषि लगायतका क्षेत्रमा थप सहायता परिचालन गर्ने विषयमा समेत छलफल भएको थियो । उपाध्यक्ष चेनले निजी क्षेत्रको लगानी [&hellip;]</p>


काठमाडौँ । लगानी सम्मेलन २०१९ मा सहभागी हुन आएका एसियाली विकास बैंकका उपाध्यक्ष चेन चेन र अर्थमन्त्री डा.युवराज खतिवडाबीच बुधबार भेटवार्ता भएको छ । भेटका अवसरमा अर्थमन्त्री डा. खतिवडा र उपाध्यक्ष चेनबीच उर्जा, सडक सञ्जालको विकास, पर्यटन, कृषि लगायतका क्षेत्रमा थप सहायता परिचालन गर्ने विषयमा समेत छलफल भएको थियो ।

उपाध्यक्ष चेनले निजी क्षेत्रको लगानी प्रवद्र्धनका लागि वर्तमान सरकारले लिएका सुधारका प्रयासहरुको प्रशंशा गर्दै वर्तमान सरकारले राजनैतिक स्थायित्व दिन सक्ने र विकासका लागि धेरै काम गर्न सक्ने अवसर भएको बताए । खास गरी अर्थमन्त्री डा. खतिवडाको नेतृत्वमा अर्थ मन्त्रालयले आर्थिक समृद्धिको लागि पर्याप्त काम गर्न सक्ने अवसर प्राप्त भएको अनुभव सुनाए ।

छलफलको क्रममा उपाध्यक्ष चेनले वर्तमान सरकारको प्राथमिकता अनुसार भौतिक पूर्वाधारको विकास र खास गरी पूर्व पश्चिम राजमार्गको स्तरोन्नती, मेलम्ची खानेपानी आयोजनाको कार्यान्वयन, उर्जा विकास, पर्यटन पूर्वाधार, कृषि विकास लगायतका क्षेत्रहरुमा सहयोग बढाउँदै जाने प्रतिवद्धता व्यक्त गरे ।

Share News