एनबीआईले आर्थिक पत्रकारलाई तालिम दिने, नाफिजसँग भयो संझौता

<p>काठमाडौँ । नेपाल आर्थिक पत्रकार संघ(नाफिज) र नेशनल बैंकिङ इस्टिच्यूट(एनबीआइ) बीच आर्थिक पत्रकारहरुलाई बैंकिङ क्षेत्रसँग सम्बन्धित तालिम दिने संझौता भएको छ । मंगलबार भएको सम्झौतामा नाफिजका बरिष्ठ उपाध्यक्ष इन्द्र बानिया र एनबीआइका प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरेका छन् । एक वर्षसम्म एनबीआइले गर्ने विभिन्न गोष्ठि तथा छलफलहरुमा नाफिजका एक जना सदस्यलाई सहभागी गराउने [&hellip;]</p>


काठमाडौँ । नेपाल आर्थिक पत्रकार संघ(नाफिज) र नेशनल बैंकिङ इस्टिच्यूट(एनबीआइ) बीच आर्थिक पत्रकारहरुलाई बैंकिङ क्षेत्रसँग सम्बन्धित तालिम दिने संझौता भएको छ । मंगलबार भएको सम्झौतामा नाफिजका बरिष्ठ उपाध्यक्ष इन्द्र बानिया र एनबीआइका प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरेका छन् ।

एक वर्षसम्म एनबीआइले गर्ने विभिन्न गोष्ठि तथा छलफलहरुमा नाफिजका एक जना सदस्यलाई सहभागी गराउने सम्झौतामा उल्लेख छ । त्यस्तैगरश्ी, एनआबीआइले उपलब्ध गराउने विभिन्न एएमएल र सिएफटी लगायतका अनलाइन तालिमहरुमा तीनवर्षसम्म हरेक वर्ष २५ जनालाई सहभागी गराउन सम्झौता भएको छ ।

त्यस्तै, आवश्यकता अनुसारका तालिमहरु एनबीआइको सहकार्यमा नाफिजको आवश्यकता अनुसार आर्थिक पत्रकारहरुको क्षमता अविवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्ने संझौतामा उल्लेख छ । नेपालको बैकिङ क्षेत्रको बारेमा साक्षर बनाउन एनबीआइ सधै तत्पर रहेको र आर्थिक पत्रकारहरुको संस्था नै एनबीआइसँग सहकार्य गर्न आउँदा अझ सहज भएको एनबीआइका प्रमुख कार्यकारी अधिकृत सुब्बाले बताए ।

त्यस्तै, नाफिजका बरिष्ठ उपाध्यक्ष बानियाले आर्थिक क्षेत्रमा कलम चलाइरहका पत्रकारहरुले लेख्ने समाचार सही र तथ्यपरक बनाउन तालिमको आवश्यकलाई एनबीआइले पूरा गर्ने धारण ब्यक्त गरे ।

Share News