काठमाडौं । मंगलबारको तुलनामा सुन प्रतितोला १ सय रुपैयाँ घटेको छ । मंगलबार प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

मंगलबारको तुलनामा तेजावी सुन प्रतितोलामा १ सय रुपैयाँ घटेर बुधबार ६० हजार १ सयमा कारोबार भईरहेको छ । त्यस्तै चाँदी प्रतितोला ७४० रुपैयाँमा कारोबार भईरहेको छ ।