‘पृथ्वीमा जीवन रक्षाका लागि हिउँ बचाउँ ’ अभियानमा शेर्पाका बाबुछोरा, ७ हिमाल आरोहण गर्ने

<p>काठमाडौं । सगरमाथा, कन्चजंगा लगायतका हिमाल आरोहण गरेका ४१ वर्षिय पूर्णकुमार (पि.के) शेर्पा ‘पृथ्वीमा जीवन रक्षाका लागि हिउँ बचाउँ ’मा लागेका छन् । १४ वर्षिय छोराको साथमा २०१९ मार्च अन्तिमदेखि सात महादेशका ७ हिमाल आरोहण गर्ने अभियान्ता पि.के शेर्पाले जानकारी दिएका छन । उनले भने ‘हिमाल आरोहणका लागि करिब ६ करोड लागत लाग्ने र विभिन्न [&hellip;]</p>

काठमाडौं । सगरमाथा, कन्चजंगा लगायतका हिमाल आरोहण गरेका ४१ वर्षिय पूर्णकुमार (पि.के) शेर्पा ‘पृथ्वीमा जीवन रक्षाका लागि हिउँ बचाउँ ’मा लागेका छन् । १४ वर्षिय छोराको साथमा २०१९ मार्च अन्तिमदेखि सात महादेशका ७ हिमाल आरोहण गर्ने अभियान्ता पि.के शेर्पाले जानकारी दिएका छन ।


उनले भने ‘हिमाल आरोहणका लागि करिब ६ करोड लागत लाग्ने र विभिन्न संघ संस्थाले सहयोग गर्ने प्रतिवद्धता दिएका छन् ।’ एस ट्रेकिङ एजेन्सीको आयोजना भुकुटीमण्डपमा भएको उक्त जलवायु परिवर्तन तथा हिमालीका हिउँ बचाँउ अभियानमा २ दशकदेखि अनवरत रुपमा लागिरहेका छन् ।

विश्वमा पहिलो पटक सो अभियान शुरु हुन गईरहेको छ । हिमाल आरोहण यहि मार्च अन्तिममा अष्ट्रेलियाबाट सुरु गर्ने र मे २०२० मा माउण्ट एभरेस्टमा अन्तिम रहने बताए । अष्ट्रेलिया, अफ्रिका, रसिया, अन्ट्राटिका, उत्तर अमेरिका र अन्तिममा नेपालको गरि ७ हिमाल आरोहण गर्ने जानकारी दिएका छन् ।

Share News