काठमाडौं । साताको दिन सुनको मूल्य एक्कासी ४ सय रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ६० हजार रुपैयाँले कारोबार भएको सुन आइतबार ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

शुक्रबारको तुलनामा तेजावी सुन प्रतितोला ४ सय रुपैयाँ बढेर आइतबार प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आइतबार चाँदी भने शुक्रबार कारोबार भएको मूल्य प्रतितोला ७४० रुपैयाँमा विक्री भईरहेको छ ।