काठमाडौंमा भूकम्पको धक्का महसुस, केन्द्रबिन्दु ‘चित्लाङ’

<p>काठमाडौँ । सोमबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ९ बजेर १ मिनेटमा मकवानपुर चित्लाङ केन्द्रबिन्दु बनाई ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो । यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ । भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।</p>

काठमाडौँ । सोमबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ९ बजेर १ मिनेटमा मकवानपुर चित्लाङ केन्द्रबिन्दु बनाई ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।

यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ । भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

Share News