गुराँस लाइफको साधारणसभा चैत २१ गते, ८ प्रतिशत बोनस र शतप्रतिशत हकप्रद दिने प्रस्ताव

<p>काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी आगामी चैत २१ गते आफ्नो नवौँ वार्षिक साधारणसभा बस्दै छ । उक्त सभा सो दिन बिहान ११ बजे नयाँ बानेश्वरस्थित बानेश्वर ब्याङ्क्वेटमा बस्ने कम्पनी संचालक समितिले निर्णय गरेको छ । सभाले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर दिने विशेष प्रस्ताव पारित [&hellip;]</p>

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी आगामी चैत २१ गते आफ्नो नवौँ वार्षिक साधारणसभा बस्दै छ । उक्त सभा सो दिन बिहान ११ बजे नयाँ बानेश्वरस्थित बानेश्वर ब्याङ्क्वेटमा बस्ने कम्पनी संचालक समितिले निर्णय गरेको छ ।

सभाले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर दिने विशेष प्रस्ताव पारित गर्दै छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी ५९ करोड ४० लाख रुपैयाँ रहेको छ । बोनस सेयर पछि कम्पनीको चुक्ता पुँजी ६४ करोड १५ लाख रुपैयाँ पुग्ने छ ।

साथै, कम्पनीले बोनस सेयर प्रयोजनको लागि २५ लाख एक हजार ५३ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
८ प्रतिशत बोनस र गत आवको ५० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी ९३ करोड ८५ लाख रुपैयाँ पुग्ने छ । जसको १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने कम्पनीको विशेष प्रस्ताव रहेको छ । उक्त प्रस्ताव पारित भएपछि कम्पनीको चुक्ता पुँजी करिब २ अर्ब रुपैयाँ पुग्ने छ ।

कम्पनीले साधारणसभामा जाने प्रयोजनको लागि आगामी चैत ६ गतेदेखि २१ गतेसम्म १६ दिन बुक क्लोज गर्दै छ ।

Share News