
काठमाडौँ । भूमाफिया र शक्ति दलाल समूहको प्रभावमा परेर राज्यलाई साढे ४ अर्ब रुपैयाँ व्यवभार पर्नेगरी बागमती नदी बगेको क्षेत्रमा पनि मुआब्जा दिन प्रपञ्च भएको पाइएको छ ।
राजनीतिक नेतृत्व, कर्मचारी र भूमाफियाको मिलेमतोमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी बगिरहेको १ सय ८८ रोपनी जग्गाको मुआब्जा दिन सहरी विकास मन्त्रालय समक्ष शिफारिस गरेको छ । यही समति अन्तरगत बागमती विकास आयोजना सञ्चालित छ ।
मुआब्जा दिन शिफारिस गरिएको गोकर्णेश्वर देखि गुह्यश्वरीसम्मको जमिनमा अहिले बागमतीको पानी बगिरहेको छ–आजको नागरिक दैनिकमा समाचार छ ।