मन्त्री परिषद्ले विशेष निर्णय लिने, अलपत्र सिक्टा सिचाई सञ्चालन कहिले हुने ?

<p>काठमाडौँ । तीनवर्ष देखि अलपत्र परेको सिक्टा सिचाईको पश्चिमतर्फको मूल नहर मर्मत र सञ्चालनका लागि सरकारले विशेष निर्णय लिने भएको छ । पश्चिमतर्फको ४५ दशमलव २५ किलोमिटर लामो मूल नहर निर्माण भएपछि पानी पठाउँदा केही भाग भत्किएपछि निर्माणको गुणस्तरका बारेमा प्रश्न उठेर अदालतमा मुद्दा समेत परेपछि उक्त नहर अलपत्र छ । पानीको भार थेग्न नसकेर [&hellip;]</p>


काठमाडौँ । तीनवर्ष देखि अलपत्र परेको सिक्टा सिचाईको पश्चिमतर्फको मूल नहर मर्मत र सञ्चालनका लागि सरकारले विशेष निर्णय लिने भएको छ ।

पश्चिमतर्फको ४५ दशमलव २५ किलोमिटर लामो मूल नहर निर्माण भएपछि पानी पठाउँदा केही भाग भत्किएपछि निर्माणको गुणस्तरका बारेमा प्रश्न उठेर अदालतमा मुद्दा समेत परेपछि उक्त नहर अलपत्र छ ।

पानीको भार थेग्न नसकेर मूल नहरको केही भाग भत्किएपछि माटो परीक्षण गर्दा तोकिएको मापदण्ड अनुसार निर्माण गरिएपनि नहर निर्माण गरिएको केही स्थानमा माटोको घुलनशीलताको कारण क्षति पुगेको निश्कर्ष उर्जा, सिचाई तथा जलश्रोत मन्त्रालयको छ, आजको आर्थिक राष्ट्रिय दैनिकमा समाचार छ ।

Share News