सञ्चय कोषले २१ दिनभित्र ‘काठमाडौं मल’ खाली गर्न सूचना टाँसेपछि अर्बौँ रुपैयाँ जोखिममा

<p>काठमाडौँ । काठमाडौं मल खाली गर्न सञ्चय कोषले सूचना जारी गरेसँगै व्यवसायीहरु ४ अर्ब जोखिममा परेको भन्दै विरोधमा उत्रिएका छन् । संगठन द काठमाडौं मल व्यापार संघले मंगलबार पत्रकार सम्मेलन गर्दै विरोध जनाएको छ । द काठमाडौं मल व्यापार संघकी अध्यक्ष सुषमा महराले ‘मल सञ्चालनका लागि सञ्चय कोषले स्पष्ट नीति नलिँदा सधैं अन्योलको अवस्था सिर्जना [&hellip;]</p>

काठमाडौँ । काठमाडौं मल खाली गर्न सञ्चय कोषले सूचना जारी गरेसँगै व्यवसायीहरु ४ अर्ब जोखिममा परेको भन्दै विरोधमा उत्रिएका छन् । संगठन द काठमाडौं मल व्यापार संघले मंगलबार पत्रकार सम्मेलन गर्दै विरोध जनाएको छ ।

द काठमाडौं मल व्यापार संघकी अध्यक्ष सुषमा महराले ‘मल सञ्चालनका लागि सञ्चय कोषले स्पष्ट नीति नलिँदा सधैं अन्योलको अवस्था सिर्जना हुने गरेको बताउँदै विस्तृत योजना, व्यवसाय पुनव्र्यवस्थापनलाई ध्यान नै नदिई २१ दिनभित्र खाली गर भन्नु न्यायसंगत नभएको बताइन् ।’ ३ सय व्यापारीहरुले व्यवसाय गर्दै आएका र उनिहरुमा ४ अर्ब रुपैंया जोखिममा परेको भन्दै अब सञ्चय कोषमा गएर भोक हडताल गर्ने बताइन् ।

संघका सल्लाहकार उज्जलजङ शाहले भने ‘हामीलाई थाहानै नदिही दोस्रो तलामा कर कार्यालयको स्थापनाको काम भहिरहेको छ ।’ यसका लागि हामीले टेन्डर आव्हान गरेको पनि थाहापाएको छैन । अब यो मललाई कर्पाेरेट हाउस बनाउने हल्लाले व्यवसायीहरुलाई होलसेलले समान नै दिन छाडेको शाहले बताए ।

संघले कोषले ०६२ देखि व्यवसाय गरिआएका व्यवसायीको हितलाई मध्यनजर गरेर काम गर्न आग्रह गरेको छ ।

Share News