नेपाल उड प्रदर्शनी आजदेखि, विदेशी आयात प्रतिस्थापन गर्ने लक्ष्य

<p>काठमाडौं । काष्ठकलासँग सम्बन्धित व्यवसायको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले पाचौं अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि सुरु हुने भएको छ । मिडिया स्पेस सोलुसन प्रा.लि. र फर्निचर ट्रेड एण्ड इभेन्टको संयुक्त आयोजना गर्न लागेको उक्त प्रदर्शनी फागुन ३, ४ र ५ गते काठमाडौंको भृकुटीमण्डपमा चल्ने आयोजकले जनाएको छ । प्रदर्शनीमा २०० भन्दा बढी ब्राण्डका १२० स्टल रहने [&hellip;]</p>

काठमाडौं । काष्ठकलासँग सम्बन्धित व्यवसायको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले पाचौं अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि सुरु हुने भएको छ । मिडिया स्पेस सोलुसन प्रा.लि. र फर्निचर ट्रेड एण्ड इभेन्टको संयुक्त आयोजना गर्न लागेको उक्त प्रदर्शनी फागुन ३, ४ र ५ गते काठमाडौंको भृकुटीमण्डपमा चल्ने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा २०० भन्दा बढी ब्राण्डका १२० स्टल रहने आयोजकले जनाएको छ । उक्त स्टलहरुमा फर्निचर, प्लाइउड तथा काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुसँग सम्बन्धित सामाग्री रहनेछन् । प्रदर्शनी फर्निचर प्रयोगकर्ता, इन्जिनियर, आर्किटेक्टर र इन्टेरियर डिजाइनरहरुका लागि उपयुक्त हुनसक्ने विश्वास आयोजकले लिएको छ ।

नेपालमा वनजन्य स्रोतहरु प्रशस्त भएपनि नेपालले बार्षिक करोडौं मूल्य बराबरको काठजन्य सामग्री आयात गर्नुपरेको विद्यमान अवस्थामा प्रदर्शनीले अन्तराष्ट्रिय बजारमा उत्पादन भएका फर्निचरजन्य सामग्रीहरुको प्रदर्शनीले नेपालकै काठबाट फर्निचर उत्पादन गरी निर्यात गर्ने बाटो खोल्ने विश्वास लिइएको छ ।

आज ११ बजे वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक मिडिया स्पेस सोलुसनका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले जानकारी दिए ।

Share News