ग्रीन डेभलपर्स नेपालले एचआरडीका लागि कर्मचारीलाई तालिम दिँदै

<p>काठमाडौं । मानव शंशाधन विकास (एचआरडीं) का लागि इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालले आफना कर्मचारीहरुलाई तालिम दिएको छ । भारतीय विज्ञ डा श्रीकान्त त्यागीले कम्पनीका कर्मचारीहरुलाई चाहिने काममा सफल हुनका लागि चाहिने सुत्रहरु सुनाएका थिए । ड्रेसअपलाई विशेष ध्यान दिई मुस्कानका साथ अभिवादन गर्नु पहिलो आवश्यकता रहेको  उनले सुनाए । उनले व्यक्तित्वको प्रभाबको चर्चा गर्दै सुरुका [&hellip;]</p>

काठमाडौं । मानव शंशाधन विकास (एचआरडीं) का लागि इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालले आफना कर्मचारीहरुलाई तालिम दिएको छ । भारतीय विज्ञ डा श्रीकान्त त्यागीले कम्पनीका कर्मचारीहरुलाई चाहिने काममा सफल हुनका लागि चाहिने सुत्रहरु सुनाएका थिए । ड्रेसअपलाई विशेष ध्यान दिई मुस्कानका साथ अभिवादन गर्नु पहिलो आवश्यकता रहेको  उनले सुनाए ।

उनले व्यक्तित्वको प्रभाबको चर्चा गर्दै सुरुका १० बीस सेकेण्ड समयलाई विशेष रुपमा उपयोग गर्नुपर्ने खाँंचो औल्याए । कार्यक्रममा आयोजक इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालका अध्यक्ष विश्वराम कवाँंले बोली, पोशाक, कन्फिडेन्सलाई विशेष ध्यानदिनुपर्ने आवश्यकता औंल्याए । ठिक समयमा ठिक काम गर्ने मानिस सफल हुने चर्चा गर्दै उनले ठिक समयमा गई भेटघाटलाई व्यवस्थित पानुपर्ने महत्वबारे विशेष चर्चा गरे ।

गोर्खा इको प्यानलका प्रमुख कार्यकारी इन्जिनियर कृष्णभक्त दुवालले तालिमको महत्वबारे चर्चा गर्दै कम्पनीका कर्मचारी नै कम्पनीको पहिचान रहेको बताए । त्यसकारण कम्पनीको कर्मचारीको व्यक्तित्व विकासका लागि समयसमयमा विशेषज्ञबाट कर्मचारीहरुलाई तालिम दिंदै आएको जनाए ।

Share News