दुई तिहाई बहुमतको ६ महिने अर्थतन्त्रः ढुकुटीमा १७८ अर्ब, ३० प्रतिशत बढ्यो रेमिटेन्स

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको आर्थिक तथा वित्तिय स्थिति सार्वजनकि गरेको छ । केन्द्रिय बैंकले सार्वजनिक गरेको विवरण अनुसार सरकारको ढुकुटीमा १७८ अर्ब ७५ करोड रुपैंयाँ रहेको छ । सोमध्ये स्थानीय तहको खातामा ४९ अर्व २० करोड नगद मौज्दात रहेको छ । रेमिटेन्स बढ्यो ६ महिनामा रेमिटेन्स ३०.२ प्रतिशतले बढेर [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको आर्थिक तथा वित्तिय स्थिति सार्वजनकि गरेको छ । केन्द्रिय बैंकले सार्वजनिक गरेको विवरण अनुसार सरकारको ढुकुटीमा १७८ अर्ब ७५ करोड रुपैंयाँ रहेको छ । सोमध्ये स्थानीय तहको खातामा ४९ अर्व २० करोड नगद मौज्दात रहेको छ ।

रेमिटेन्स बढ्यो
६ महिनामा रेमिटेन्स ३०.२ प्रतिशतले बढेर ४४३ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा उल्टै ०.५ प्रतिशतले घटेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २८.७ प्रतिशतले वृद्धि भई रु.५०५ अर्ब ४३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १.८ प्रतिशतले घटेको थियो ।

वैदेशिक व्यापार
आर्थिक वर्ष २०७५/७६ को ६ महिनामा व्यापार घाटा ३२.१ प्रतिशतले बढेर ६७८ अर्ब ५३ करोड पुगेको छ । कुल वस्तु निर्यात १०.३ प्रतिशतले वृद्धि भएर ४५ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १३.५ प्रतिशतले वृद्धि भएको थियो ।
कुल वस्तु आयात ३०.५ प्रतिशतले बढेर ७२३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९.४ प्रतिशतले बढेको थियो । ६ महिनामा निर्यात–आयात अनुपात ६.३ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७.४ प्रतिशत रहेको थियो ।

सरकारी खर्च
कुल सरकारी खर्च ३३९ अर्ब २९ करोड पुगेकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ३६४ अर्ब ९५ करोड रहेको थियो । समीक्षा अवधिमा सरकारको कुल राजस्व सङ्कलन २४.२ प्रतिशतले वृद्धि भई ४११ अर्ब ४३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व १९.३ प्रतिशतले वृद्धि भई ३३१ अर्ब २१ करोड पुगेको थियो ।

कर्जा लगानी
६ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ७.७ प्रतिशतले बढेको छ । २०७४ पुसमा त्यस्तो निक्षेप ६.९ प्रतिशतले बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०७५ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २०.२ प्रतिशतले बढेको छ । २०७५ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.६ प्रतिशत, ३३.३ प्रतिशत र ४७.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.४ प्रतिशत, ३६.४ प्रतिशत र ४२.८ प्रतिशत रहेको थियो ।

२०७५ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५.१ प्रतिशत रहेको छ । २०७४ पुस मसान्तमा यस्तो निक्षेपको अंश ४४.३ प्रतिशत रहेको थियो । बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११.९ प्रतिशतले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०७५ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २३.४ प्रतिशतले बढेको छ । २०७५ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६३.१ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.५ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७४ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.३ प्रतिशत र १४.५ प्रतिशत रहेको थियो । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा १५.५ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १०.१ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १३.१ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा १८.७ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ६.२ प्रतिशतले, मार्जिन प्रकृति कर्जा २.१ प्रतिशतले तथा हायर पर्चेज कर्जा ६.८ प्रतिशतले बढेको छ ।

Share News