अब सेयर खरिदमा प्यान नम्बर अनिवार्य, लगानीकर्ता भन्छन्: समय कम भयो

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले सेयर खरिद बिक्रिमा स्थायी लेखा नम्बर प्यान अनिवार्य गरेको छ । नेप्सेले बुधबार परिपत्र जारी गरेर बैशाख १ गतेदेखि सेयर खरिद बिक्रिमा प्यान अनिवार्य गरेको हो । लगानीकर्तालाई प्यान नम्बर दिलाउन नेप्सेले कार्यालयमा सहजीकरण डेस्क सञ्चालन गर्नेछ । नेपाल धितोपत्र बोर्डले २०७५ कात्तिक १२ नै सेयर बजारका लागनी कर्तालाई प्यान [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले सेयर खरिद बिक्रिमा स्थायी लेखा नम्बर प्यान अनिवार्य गरेको छ । नेप्सेले बुधबार परिपत्र जारी गरेर बैशाख १ गतेदेखि सेयर खरिद बिक्रिमा प्यान अनिवार्य गरेको हो ।

लगानीकर्तालाई प्यान नम्बर दिलाउन नेप्सेले कार्यालयमा सहजीकरण डेस्क सञ्चालन गर्नेछ । नेपाल धितोपत्र बोर्डले २०७५ कात्तिक १२ नै सेयर बजारका लागनी कर्तालाई प्यान नम्बर अनिवार्य गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार बोर्डले कात्तिक १५ गते नै तयारी गर्न नेप्सेलाई निर्देशन दिएको थियो ।

सोही निर्देशन अनुसार नेप्सेले आवश्यक तयारी पुरा गरेर बैशाख १ गतेदेखि दोश्रो बजारको सेयर खरिद बिक्रिमा प्यान अनिवार्य गरेको हो ।

लगानीकर्ता भन्छनः समय कम भयो
सेयर लगानी कर्ता संघका उपाध्याक्ष तारा प्रसाद फुल्लेलले प्यान ल्याउने कुरा राम्रो भएपनि बैशाखसम्मको अनिवार्य सर्त पनि परिमार्जन हुनुपर्ने बताए । उनले डिम्याट र मेरो सेयर जस्तै केहि समय प्यानमा आउन आव्हान गरेर मात्रै अनिवार्य गरिनुपर्ने धारणा राखे । हाल पनि १० लाख भन्दा ठुला सेयर कारोबारमा प्यान अनिवार्य रहेको छ । उनले बैशाख भित्रै दुर दराजका लगानीकर्ताले प्यान लिन सम्भव नहुने भएकाले केहि समय थपिदिनु उपयुक्त हुने उनको भनाई छ ।

नेपाल इन्भेष्टर्स फोरमका महासचिव राजन लम्सालले लगानीकर्तालाई प्यानले कुनै असर नपार्ने बताए । उनले लगानीकर्ता मनोबल गिरेका अवस्थामा प्यान ल्याएपछि बजार सुधारका आरम्भ भएसँगै लगानीकर्ताको मनोबल उकासिने बताए ।

 

Share News