काठमाडौं । नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको अनुमति पाएको वोमी लघुवित्त वित्तीय संस्थाले विभिन्न स्थानहरुमा तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका वडा नं ३ स्थित आबुखैरेनीमा ५७ जना र लमजुङ्ग जिल्लाको सुन्दरबजार नगरपालीका वडा नं ५ स्थित तार्कुमा ५५ जनालाई पशुपालन सम्बनधी तालिम प्रदान गरेको हो ।
२ दिनको अवधिमा ११२ जना सदस्य तथा स्थानीयलाई पशुपालन सम्बन्धी तालिम प्रदान गरेको छ । तालिममा उपस्थित सदस्य तथा स्थानीहरुले संस्थाको कार्यक्रम सम्बन्धमा राखेको जिज्ञासा तथा प्रतिउत्तर दिने अन्तरक्रियात्मक कार्यक्रम समेत गरिएको थियो । शाखा कार्यालय,देउराली अन्र्तगत आबुखैरेनीमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोरखा नगरपालीकाको वडा नंं १३ का वडा अध्यक्ष हरिबहादुर खनालको उपस्थिती रहेको थियो ।

अन्तर्क्रिया कार्यक्रममा संस्थाका विभागिय प्रमुख हरिप्रसाद सिग्देल तथा एरीया प्रमुख बिमल कोइराला एवम् प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले सम्बोधन गरेका थिए । शाखा कार्यालय तार्कुमा भएको कार्यक्रममा सुन्दर बजार नगरपालिकाको वडा नंं ५ का अध्यक्ष ललित गुरुङको उपस्थिती रहेको थिए ।