काठमाडौं । पोखराको ओम डेभलपमेन्ट बैंकले मेरिट पोखराको सहकार्यमा पोखरा र तनहुंमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति कास्कीका सभापति बैनबहादुर अधिकारीको प्रमुख आगमनमा वित्तीय साक्षरता कार्यक्रम भएको थियो । ताल बराही मा.वि.,एस ओ एस र जुनियर सिटिजन्स ऐकेडेमीका गरी करिव १५० जना बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।
मेरिट पोखराका सदस्यद्धय स्वीकृती अधिकारी र अनुषा बरालद्धारा सञ्चालित उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका मुख्य व्यवस्थापक पोमनाथ गौतम, बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र वित्तीय साक्षरता सम्बन्धि अन्तरराष्ट्रिय प्रशिक्षक प्रकाश कोइरालाले वित्तीय क्षेत्रसंग सम्बन्धित विविध विषयमा प्रकाश पारेको बताइएको छ ।
बैंकले खैरेनीटार मा.वि. तनहुँका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुका माझ पनि वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । स्कुलका प्रधानाध्यापक केशवराज घिमिरेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्लले वित्तीय क्षेत्रका विविध बिषयमा जानकारी गराएका थिए ।